बझाङबाट प्रदेश सभा सांसदको अपहरण

बझाङबाट प्रदेश सभा सांसदको अपहरण

धनगढी : बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् । 

तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।

उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् । त्यही क्रममा उनी अपहरणमा परेकी हुन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सांसद मल्ल अपहरणमा परेको पुष्टि गरेका छन् । 

उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् । सांसद मल्लका बुवा विरामी भएर काठमाडौँमा उपचाररत छन् । भाइ भरत भने गाउँमै रहेका थिए । 
भाइ नै विप्लवका कार्यकर्ता भएकाले मल्ललाई केही नहुने विश्वास मन्त्री शाहले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.