साना उद्योगबाटै आर्थिक संमृद्वि

साना उद्योगबाटै आर्थिक संमृद्वि

काठमाडौं : नेपाल १५ औं अन्तर्राष्ट्रिय औद्योगिाक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्रांङ्‍गारिक कृषि मेला सुरु भएको छ। भृकुटीमण्डमा सुरु भएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उद्घाटन गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीले उक्त मेला तथा महोत्सवको अवलोकनसमेत गरेकी थिइन्। पाँच दिनसम्म सञ्चालन हुने मेलामा २०५ वटा स्टल छन्। उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी हुनुका साथै मेलामा  चीन, भारत र वंगलादेश लगायत ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्। 

घरेलु उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको जानकारी दिए।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत मेलामा सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिएको आयोजकले जनाएका छन्। त्यस्तै बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने आयोजकले जानकारी दिएको छ।

आर्थिक संमृद्विका लागि आन्दोलन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आर्थिक संमृद्विका लागि सबै नागरिकले आन्दोलन गर्नुपर्ने बताए। राजनीतिक आन्दोलन पूरा भएको भन्दै सबैको ध्यान आर्थिक संमृद्विका लागि हुनुपर्ने उनको भनाइ छ।  विदेशी लगानी गर्ने काननु ल्याउँदा राष्ट्रिय अर्थतन्त्रमा कुनै असर नपर्ने भन्दै मन्त्री यादवले विदेशी लगानी आर्थिक संमृद्विका लागि भएको बताए। 

लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको उनले बताए। समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए।

कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं।'

महासंघका अध्यक्ष गिरीले मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने,‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामानसमेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं।'

निर्यातले मात्र व्यापारघाटा पुर्ति गर्न नसक्ने भन्दै उनले स्वदेशी उत्पादन अनिवार्य प्रयोगको व्यवस्था गर्न आह्‍वान गरे। 

मेला संयोजक उमेशप्रसाद सिंहले लघु घरेलु तथा साना उद्योगमा प्रविधि प्रयोग र अन्य क्षमता विकास हुन नसकेकाले  प्रतिस्पर्धी बन्न नसकेको बताए। 
 

सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपालका अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीमार्फत साना उद्योग सञ्चालन गर्न सकिने बताए। ‘उद्योग र सहकारी भिन्न भए पनि सहकार्य गरी आर्थिक उत्पादनमा भूमिका खेल्न सक्छन्', उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.