हेटौंडामा ४७ जना श्रमिक महिला सम्मानित

हेटौंडामा ४७ जना श्रमिक महिला सम्मानित

हेटौंडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कठिन श्रम क्षेत्रमा कार्यरत महिलालाई हेटौंडा उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ। उपमहानगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र सवारी चालकको काम गर्ने ४७ जना महिलालाई प्रमाणपत्र सहित दोसल्लाह ओढाएर सम्मान गरेको हो। 

उनीहरुलाई सम्मान सँगै स्वास्थ्य शिविरमार्फत उपचारसमेत गरिएको छ। काम गरेर खाने श्रमिक वर्गको सम्मानको लागि सबैभन्दा कठिन कार्यमा संलग्न रहेका महिला श्रमिकहरुलाई सम्मान गरिएको मेयर हरिबहादुर महतले बताए। 

घर निर्माणको काम गर्दै आएकी डकर्मी प्रमिला कडेल, पार्वती बर्तौला, सर्मिला राई, मजदुर गिता श्रेष्ठ र सुनिता श्रेष्ठलाई मेयर महतले प्रमाणपत्र, नगद र दोसल्लाह ओढाएर सम्मान गरेका थिए। त्यस्तै अटो मयुरी, टेम्पो, माईक्रो चालक महिलाहरु गंगाकुमारी थापा, लक्ष्मी बिक, तारा सुनार, मंगलीमायाँ प्रजा, मालती मोक्तान, गिता मैनाली, कोपिला गौतम, कुमारी राना, रिना मगर लगायतलाई सम्मान गरिएको हो। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.