महिला सुखी भए मात्रै नेपाली जनता सुखी हुन्छन् : महिलामन्त्री थापा

महिला सुखी भए मात्रै नेपाली जनता सुखी हुन्छन् : महिलामन्त्री थापा

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै हक अधिकारलाई कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवस्यक रहेको बताएकी छन् ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री थापाले यस्तो बताएकी हुन् । मन्त्री थापाले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेको बताएकी थिइन् ।

नयाँ संविधानमा महिलाका धेरै अधिकार उल्लेख गरिएको र तिनै अधिकार कार्यान्वयन गर्न सरकार अहिले कानून निर्माणमा जुटेको थापाले जानकारी दिएकी थिइन् । साथै सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताइन् । यस्तै सम्पूर्ण महिलाहरु सुखी रहे मात्रै समग्र नेपाली जनताहरु सुखी हुने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले स्थानीय समुदाय अधिकार सम्पन्न भएमात्रै स्थानीय र प्रदेश सरकार सबल हुने बताइन् । साथै प्राकृतिक स्रोतमाथि स्थानीय समुदायका अधिकार सुनिश्चित हुनुपर्ने उनको धारणा थियो ।

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले सामुदायिक वन उपभोक्ता महासङ्घको भुमिकाबारे प्रसंसा गरेकी थिइन् । सामुदायिक वन उपभोक्ता महासंघले महिलाका अधिकार उठाउँदै आएको भन्दै ती मुद्दालाई कानूनमा समेट्नुपर्ने उनको भनाइ थियो ।

सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले राज्यका हरेक निकायमा महिलाको धेरै भन्दा धेरै सहभागिता हुनुपर्ने बताएकी थिइन् । अध्यक्ष पाठकले प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच र अधिकार निश्चित गरेपछि मात्रै मुलुक समृद्ध हुने धारणा राखेकी थिइन् ।

पाठकको अध्यक्षतामा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको हो । भेला हुनुअघि बिहानै सामुदायिक वन संरक्षणमा अभियानमा सक्रिय ५ सय भन्दा धेरै महिला अभियानकर्मीहरुले नारा लगाउँदै प्रभातफेरी गरेको महासंघका सचिव ठाकुर भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.