बावु बिते, आमा जेलमा, दाजु मुग्लान् : नाबालकलाई कसले हेर्लान् !

बावु बिते, आमा जेलमा, दाजु मुग्लान् : नाबालकलाई कसले हेर्लान् !

प्यूठान : झिमरुक गाउँपालिका-१ सौतामारे तल्लोगाउँ प्यूठानका विष्णु थापा र उनकी श्रीमती सीताको बेला बेला झै-झगडा हुने गथ्र्यो ।

छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । गत वर्षको चैत २० गते पनि उनीहरुबीच सधैँ झैँ सामान्य कुरामा झगडा भयो । भनाभन चलिरह्यो । सीताले श्रीमानलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए ।

रिसको आवेगमा सीताले छेउमै रहेको हसियाको पछाडिको भागले हान्न खोज्दा दुर्घटनावश् अगाडिको धारिलो भागले लाग्यो । हातमा गहिरो चोट लाग्यो । धेरै रगत बगेपछि विष्णुको उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।

श्रीमानको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता अहिले जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जेलसजाय तोकिएको छ ।

सन्तानलाई सास्ती

बुवा आमाको कारण नावालक छोराछोरीले भने पीडामा दैनिकी गुजार्नु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमा बुवाको घटना सोध्यो कि, आँशुले मन थाम्नै सक्दैनन् ।

बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए । पढाइमा अब्बल उनको घटनापछि पढाइ बिग्रँदै जान थालेको छ । उनले ७ र बहिनीले ५ कक्षामा पढ्छन् । कान्छी बहिनीको हेरचाह गरेर उनी जसोतसो घरमा बसिरहेका छन् । तर, बुवा, आमाको यादले पोलेपछि उनीहरु रातको समय घरमै बस्न सक्दैनन् ।

बिहानको खाना घरमै दाजुबहिनी आफैँ पकाएर खान्छन् । रातको खाना खाइसकेपछि सुत्न छिमेकीहरुको घरमा आलोपालो गरेर जान्छन् । ‘ख्यालख्यालमै बुवा बित्नुभयो’, घटना सोध्दा सुनीलले आँशु बगाउँदै भने, ‘आमाले हसियाको बिँडले हान्न खोज्दा धारले लागेछ । अहिले हाम्रो साथमा न बुवा हुनुहुन्छ, न आमा ।’

सुनील कहिलेकाँही जेलमा आमालाई भेट्न सदरमुकाम खलंगा जान्छन् । कारागारभित्र आमालाई देख्दा उनको मन सम्हालिन सक्दैन । छोटो भेटपछि उनी बसमा रुँदै घर फर्कन्छन् ।

कलिलो उमेरमै पीडामा जीन्दगी कटाइरहेका यी दाजुबहिनी अहिले बेसहारा नै बनेका छन् । राम्रोसँग पढ्ने, लेख्ने र खुसीसँग हासखेल गर्ने कुरा उनीहरुलाई धेरै टाढाको बनिसक्यो । तीन सन्तानमध्ये जेठो दाइ भारतमा मजदुरी गर्छन् । तर, उनलाई घरको ऋण तिर्नै हम्मेहम्मे छ । बुवा आमाको साथ टुटेपछि बेसहारा दाजुबहिनीले गाउँकै पसलबाट उधारोमा चामल, नुनतेल लिएर खाने गर्छन् ।

वडाध्यक्ष धुर्वराज खनालले चाडपर्वको बेला मिठो, मसिनो खानाका लागि व्यक्तिगत रुपमा चार÷पाँचसय रुपैयाँ पैसा दिने गरेको सुनाउँछन् । सजाय पूरा गरेपछि आमा जेलबाट त छुट्लिन । तर, कलिला दाजुबहिनीलाई विगतको घटनाले सँधै मन पिरोल्ने गरेको छ । कारागारबाट आमा छुट्ने समय पर्खिरहेका यी दाजुबहिनीलाई दैनिक गुजारा चलाउनै गाह्रो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.