हरियो खुर्सानी स्वास्थ्यका लागि लाभदायक
काठमाडौं : अमिला/पीरा परिकार मन नपराउने कमै होलान्।बढी पिरो खाँदा मुख पोल्ने,आँखाबाट आँशु झर्ने मात्र नभइ जिब्रोबाट र्याल समेत झर्छ।तर पनि पिरोको स्वादमा रमाउनेहरु कम छैनन्।
कतिपय मानिस हरियो खुर्सानी मन पराउँछन् भने कोही रातो खुर्सानीको स्वादमा झुम्मिने गर्छन्।जे भएपनि खुर्सानीबिनाका परिकार कसैको रोजाइमा पर्दैनन्।
तर स्वास्थ्यका लागि रातो भन्दा हरियो खुर्सानी फाइदाजनक मानिन्छ।हरियो खुर्सानी ताजा हुन्छ। यो सुकेपछि रातो हुन्छ।रातो वा सुकेको खुर्सानीमा पानीको मात्रा कम हुन्छ। यसमा न्युट्रिएट्सको मात्रा पनि कम हुन्छ।त्यसैले स्वास्थ्यका लागि रातो खुर्सानी वा धूलो खुर्सानी फाइदाजनक मानिदैन। नियमित खानामा रातो खुर्सानीको सट्टा हरियो खुर्सानी खानु फाइदाजनक हुन्छ।
किन खाने हरियो खुर्सानी ?
- हरियो खुर्सानीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ।
- नियमित हरियो खुर्सानी खाँदा पाचनक्रिया बलियो हुन्छ।
- यसले ब्लड सुगरको मात्रा नियन्त्रण गर्छ।
- मोटोपन घटाउँछ।
- रोगसँग लड्ने क्षमता बढाउँछ।
- कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ।
- यसमा प्रशस्त मात्रामा एन्टी एक्सीडेन्ट पाइने भएकाले क्यान्सर रोग लाग्न दिँदैन।