बेलवासे र गुरागाईं सचिवमा बढुवा
फागुन २७, २०७५ सोमबार १९:१३:०
काठमाडौं : सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माधवप्रसाद बेलवासे र देवकुमारी गुरागाईंलाई सचिवमा बढुवा गरेको हो।
बेलवासे उर्जा आयोगमा तथा देवकुमारी गुरागाई शिक्षा सेवा अन्तर्गत कार्यरत थिए।