ताप्लेजुङको साँवामा महिलाको बेवारिसे शव भेटियो
ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवामामहिलाको महिलाको बेवारिसे शव फेला परेको छ। स्थानीय मुदेन्छोङ साँवा लिम्बुको आँगनमा अन्दाजी ३५/४० वर्षकी महिलाको शव फेला परेको हो।
पहिचान हुन नसकेको महिलाको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनाबारे सोमबार स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो। मृतकको नामथर, वतन तथा निजको आफन्त समेत पहिचान गर्न नसकिएको प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए।
प्रतिक्रिया दिनुहोस !