विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको भर

विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको भर

काठमाडौं : चालु आर्थिक वर्ष विदेशी विनियम सञ्चितिमा रेमिट्यान्सको हिस्सा बढ्ने भएको छ। चालु आवको ६ महिनाको रेमिट्यान्सको आप्रवाह र घट्दो विदेशी विनिमय सञ्चितिका कारण रेमिट्यान्सको हिस्सा झन्डै ८० प्रतिशत पुग्ने अनुमान छ।

आव ०७१-७२ देखि शोधभर्ना प्राप्तिमा सुधार, न्यून चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धिलगायत कारणले विदेशी विनियम सञ्चितिमा रेमिट्यान्सको हिस्सा घट्दै गएको थियो। पछिल्ला वर्ष पुनः शोधानान्तर स्थिति घाटामा गएसँगै विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको योगदान बढेको हो।

विदेशी मुद्रा प्राप्तिका स्रोतमा विविधीकरण हुँदा रेमिट्यान्समा केन्द्रीकरण घटेको थियो। यसले गर्दा रेमिट्यान्स आप्रवाह सामान्य घट्दा समेत मुलुकको बाह्य क्षेत्रतर्फको स्थायित्व देखिएको अर्थशास्त्री डा.डिल्लीराज खनाल बताउँछन्। उनले भने, ‘विदेशी मुद्रा प्राप्तिका स्रोत विविधीकरण हुँदा राम्रो हुन्छ। विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको योगदान केन्द्रीकरण हुनु जोखिम हो।’ रेमिट्यान्सबाहेक मुलुकले निर्यात, पर्यटन, विदेशी सहयोग परिचालन, प्रत्येक्ष वैदेशिक लगानीमार्फत विदेशी मुद्रा आर्जन गर्छ। विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको योगदान बढ्नु भनेको अन्य स्रोतको योगदान नगण्य हुनु हो।

सशक्त विदेशी मुद्रा सञ्चितिका लागि अहिले प्राप्त भइरहेको झण्डै साढे सात खर्ब रुपैयाँको रेमिट्यान्स को हिस्सा आधा र अन्य स्रोतको हिस्सा आधा हुँदा आदर्श अवस्था मान्न सकिने अर्थशास्त्रीको तर्क छ। ‘विदेशी मुद्रा सञ्चिति कम भइरहेकाले हामीले प्रत्येक्ष वैदेशिक लगानी ल्याउन पहल गर्नुपर्छ’, अर्थशास्त्री खनालले भने, ‘३०खर्बको हाम्रो अर्थतन्त्रमा वार्षिक १०–२० अर्ब रुपैयाँ प्रत्येक्ष वैदेशिक लगानीले केही अर्थ राख्दैन। विदेशी लगानी भित्र्याएर ठूला पूर्वाधारलाई तीव्रता दिनुपर्‍यो।’

गत आव विदेशी विनियम सञ्चितिमा रेमिट्यान्सको योगदान ६८.५ प्रतिशत थियो। तर यस आर्थिक वर्ष विदेशी लगानी र शोधभर्ना प्राप्ति न्यून हुँदा रेमिट्यान्सको हिस्सा अझै बढेको हो। ६ महिनामा चार अर्ब ३६ करोड रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको छ। असन्तुलित व्यापारका कारण शोधानान्तर घाटा बढ्दै जाँदा सरकारलाई सञ्चित विदेशी मुद्रा खर्च गर्दै जानुपर्ने बाध्यता छ। विदेशी ऋण र अनुदानको परिचालन पनि घटेको छ। यसले विदेशी मुद्रा प्राप्तिका स्रोतलाई संकुचित बनाएको छ। ‘विदेशी लगानी ल्याउनु एकमात्र विकल्प देखिन्छ’, खनालले भने, ‘विदेशी विनिमय सञ्चितिलाई पुँजी निर्माणमा उपयोग गर्दै त्यसबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ।’

आव ०७०-७१ मा कुल विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको योगदान ८१.६ प्रतिशत थियो। ०७१-७२ मा सो अनुपात घटेर ७४.९ प्रतिशतमा झरेको थियो। रेमिट्यान्सको योगदान घट्ने क्रममा ०७३-७४ सम्ममा यसको हिस्सा ६४.४ प्रतिशत पुगेको थियो। तर आव ०७४-७५ मा यसको अंश सामान्य वृद्धि भएर ६८.५ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.