ट्रकको ठक्करबाट २५ वर्षीयाको मृत्यु, एक गम्भीर
दमौली : म्याग्दे ४ मनहरिमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ।पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रककले दुलेगौंडाबाट दमौली आउँदै गरेको ग ८ प १८६५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
ओभरट्याक गर्ने क्रममा भएको सो घटनामा घाइते स्कुटरमा पछाडी सवार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा निवासी २५ वर्षीया प्रतिक्षा भण्डारीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
घटनालगत्तै घाइते भण्डारीको उपचारका क्रममा दमौली अस्पतालमा मध्याह्न ज्यान गएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए। चालक दुलेगौंडाकै ३४ वर्षीया दुर्गा अधिकारीको उपचार भैरहेको छ। घटनालगत्तै फरार ट्रकलाई थर्पु प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।