ज्वाईको हत्या गर्ने ससुरा जेल चलान

ज्वाईको हत्या गर्ने ससुरा जेल चलान

राजविराज : अन्तरजातीय प्रेमविवाह गरेका एक युवकको हत्या आरोपमा उनका ससुरालाई १० वर्ष कैदसजाय भएको छ। जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले अभियुक्त राजविराज नगरपालिका-९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई मंगलबार १० वर्ष कैदसजायको फैसला गरेको हो। 

सप्तरीको तिरहुत गाउँपालिका-१ त्रिकोल घर भई राजविराज नगरपालिका ५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दिपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई कैद सजाय भएको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए।

हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमति २३ वर्षीया अन्जना साहलाई भने अदालतले सफाइ दिएको छ। जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अन्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।

दिपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुबैजनालाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाएको थियो। अन्तरजातीय प्रेमविवाह गरेकी अन्जना मृतक मण्डलकी कान्छी श्रीमति हुन्। एउटा छोरीको जन्म भएपछि अन्जना र दिपेन्द्रबीच मनमुटाव बढदै गएको थियो। मनमुटाव र विवादपछि अन्जना राजविराज नगरपालिका-९ मलेठस्थित माइतमा बस्न थालिन् भने दिपेन्द्र जेठी श्रीमति रेश्मीदेवीसँग बस्न थाले। 

अत्यधिक मादक पदार्थ सेवन गरी कान्छी श्रीमति अन्जना र छोरीलाई भेटन पुगेका मण्डलको वादविवादकै क्रममा ससुराको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.