दुई सय नेपाली विद्यार्थीलाई भारतको छात्रवृत्ति

दुई सय नेपाली विद्यार्थीलाई भारतको छात्रवृत्ति

काठमाडौं : नेपालमा रहेको भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालयमा अध्यनरत दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। शैक्षिक सत्र २०१८-१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति कार्यक्रममा उनीहरुलाई बुधबार छात्रवृत्ति दिने घोषणा गरिएको हो। 

एमबीबीएस्, बीडीएस्, बीइ, बीएसी, बीबीए, बीकम लगायत ३६ वटा स्नातक कोर्षमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति  वितरण गरिएको हो। ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग विद्यार्थीले छात्रवृत्ति  पाएको दुतावासले  जनाएको छ। 

बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वर्ण जयन्ति छात्रवृत्तिको घोषणा गरिएको थियो। नेपाल सरकारको शिक्षा मन्त्रालयसँग समन्वयन गरेर दुतावासले सन् २००२ देखि यो छात्रवृत्ति नेपालमा दिँदै आएको छ। बुधबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले छात्रवृत्तिको प्रमाण पत्र प्रदान गरेका थिए।

सन् २००२ मा भारत सरकारले 'भारत–नेपाल आर्थिक सहकार्य' को ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो। 

छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो। सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो। सन् २०१२ यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस्, बीडीएस्‍का विद्यार्थीले पाँच वर्षसम्म प्रति महिना नेरु ४०००, बीइका विद्यार्थीले चार वर्षसम्म प्रति महिना ४००० र अन्य विद्यार्थीले तीन वर्षसम्म प्रति महिना  ३००० प्राप्त गर्दै आएका छन्। हालसम्म नेपालका ७७ जिल्लका दुई हजार तीन सय ५० भन्दा बढी नेपाली विद्यार्थी स्वर्ण जयन्ति छात्रवृत्तिबाट लाभान्वित भइसकेका छन्। 

छात्रवृत्ति  प्रदान गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सुझाव दिए। पुरीले छात्रवृत्तिले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई मजबुत बनाउने काम गरेको टिप्पणी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.