धुलो आतंक मच्चिएको भन्दै सडक अवरुद्ध, चार जिल्लाको यातायात प्रभावित

धुलो आतंक मच्चिएको भन्दै सडक अवरुद्ध, चार जिल्लाको यातायात प्रभावित

दमौली : भिमाद नगरपालिका- ५ मिछुर्लुङका स्थानीयले धुलोको आतंक बढेको भन्दै सडक अवरुद्ध पारेका छन्। तनहुँ र नवलपुर पश्चिम जोड्ने श्रृंगपथमा दैनिक चल्ने टिपर तथा अन्य सवारी साधनले धुलो बढाएको र सडकको स्तर कमजोर भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि यातायात अवरोध गरेका हुन् । 

स्थानीय रामबहादुर थापाले दैनिक सयको संख्यामा गुड्ने सवारी साधनले धुलो उडाएको र खराब सडकका कारण दुर्घटनासमेत बढे पछि समस्या समाधानका लागि बाटो बन्द गरेको बताए। बाटोको स्तरोन्नति तथा सवारी साधनको गति नियन्त्रणका लागि पटक पटक दबाब दिए पनि काम नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनले बताए।

श्रृंगपथमा हाल ओटासिलको काम चलिरहेको छ। मना एण्ड जेभीले ओटासिलको काम गरिरहेको छ। तर भिमादबाट सुरु सडकको ओटासिलको काम भने ऋषिङ र घिरिङ गाउँपालिकामा चलिरहेको छ। ऋषिङतर्फको काम करिब सकिएको छ।

घिरिङ गाउँपालिकामा पर्ने धारुङदेखि देउरालीसम्मको घिरिङमा पाँच किलोमिटर सडकखण्डमा अहिले ओटासिलको काम भैरहेको छ। भीमादबाट सुरु भएर मिर्छुलुङ हुँदै जाने सडकको अन्य खण्डमा काम भए पनि आफूहरुको तर्फ काम नहुँदा धुलोको समस्या भएको र दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ। आफ्ना माग सम्बोधनका लागि भिमाद नगरपालिकाले भने कुनै सुनुवाई नगरेको थापाले बताए। 

नगरपालिकाका प्रमुख मेखबहादुर थापाले ठेक्काको अनुगमन र निर्देशनको काम आफ्नो मातहतमा नपर्ने भएकाले केही गर्न नसकिएको बताए।'जिल्ला समन्वय समितिले हेर्नुपर्ने हो,'उनले भने,'हामीले केही गर्न सकेका छैनौं।'

जनप्रतिनिधिले माग सम्बोधन गर्न नसकेपनि स्थानीय भने उनीहरुबाटै माग सम्बोधनको बाटो कुरिरहेका छन्।मोटरसाइकल, स्कुल बस र एम्बुलेन्स छाडे पनि अन्य सवारी ठप्प हुँदा मार्ग हुँदै चल्ने तनहुँ, नवलपुर पश्चिम, पाल्पा र स्याङजासम्मको यातायात प्रभावित छ।

घटनास्थलमा खटिएका ईलाका प्रहरी कार्यालय भिमादका प्रहरी सहायक निरीक्षक कमल मझकोटीले जनप्रतिनिधिहरु नआएकाले विवाद समाधान गर्न नसकेको बताए। 'स्थानीयले जनप्रतिनिधिबाट समाधान खोजेका छन्,' उनले भने, 'उहाँहरुले पहल नगर्दासम्म सडक खुल्ने अवस्था देखिन्न।'

श्रृंगपथमा ओटासिलको जिम्मा पाएको निर्माण कम्पनी मना एण्ड जेभीले समयमा काम नसकेपछि हाल दैनिक जरिवाना तिरिरहेको छ। कम्पनीले हाल थालेको काम आफ्नो क्षेत्रमा प्राथमिकता नदिएपछि स्थानीय रुष्ट बनेका हुन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.