भाइबहिनीमाझ ललिताले ल्याइन् ‘क’

भाइबहिनीमाझ ललिताले ल्याइन् ‘क’

कथा सुन्न पाइयो भने बालबालिका हुरुक्कै हुन्छन्। कथासँगै चित्र भए उनीहरू झन् खुसी। यस्तो खुसीको प्रत्यक्ष अनुभव गरेकी छिन् शिक्षिका ललिता शर्माले। २९ वर्षदेखि बालबालिकालाई पढाइरहेकी शर्माले बालचित्र कथा प्रकाशन गरेकी हुन्।

नेपाली व्यञ्जन वर्णको पहिलो अक्षर नै क हो। अक्षर आरम्भ गराउन सुरुमा क नै सिकाइन्छ। त्यही अक्षरलाई नै आधार बनाउँदै उनले बालचित्रकथा तयार पारेकी हुन्। यसको नाम क हो। पहिलो अक्षरप्रति धारणा बसाउन सकियो भने अरू अक्षरहरू पनि सरल रूपमा सिक्न र सिकाउन सकिन्छ। 

पढाउँदा जहिले पनि सरलबाट जटिलतर्फ जाँदा सिकाइ उपलब्धिमूलक हुने शर्माको धारणा छ। शर्मा सरस्वती माध्यमिक विद्यालय, नेपालगन्जकी शिक्षिका हुन्। उनलाई अहिले त्यहाँका विद्यालयले बोलाउँदै बालबालिकाको सिकाइ सुधार्ने उपाय सोध्न थालेका छन्।

जग बलियो भएमा मात्र घर बलियो हुन्छ। साना बालबालिकालाई सरल तरिकाले अक्षर चिनाउँदा छिटो बुझ्छन्। घरकै जस्तो रमाइलो वातावरणमा स्कुलमा पनि पढाउने हो भने बालबालिकालाई कक्षामा टिकाउन सजिलो हुन्छ। त्यसका लागि उपयुक्त माध्यम हो, बालचित्रकथा। चित्रकथाको माध्यमबाट पढाउँदा प्रभावकारी हुन्छ। ध्यान खिच्न सजिलो हुन्छ। पढ्न नजाने पनि चित्र हेरेर क बाट नाम आउने वस्तुहरू भन्न सक्छन। रमाउँछन। खेल्दाखेल्दै कथा सुन्दै गर्दा उनीहरूको सम्झना शक्तिमा पनि वृद्धि हुन्छ। यो कृति कथा विधा हो। बालचित्र कथाको पहिलो कृति हो। कथासँगै चित्रको पनि महत्व भएकोले चित्रबाट चिन्न र रङ पहिचानका साथै रङ भर्नसमेत शिक्षकको सहयोगबाट बालबालिकाले सिक्न सक्छन्। साना नानीहरूलाई डरत्रास नभई भयमुक्त वातावरणमा चित्रकथाको माध्यमबाट उनीहरूमा भएको आन्तरिक प्रतिभाको प्रस्फुटन गराउन सहयोग पुग्छ।

चित्रकथाको माध्यमबाट पढाउँदा छिटो बुझ्न सक्छन्। यस कृति हेरेर अन्य अक्षर वर्णको कथा शिक्षकले सिकाउन सक्छन्। तीन वर्षदेखि सात वर्षका बालबालिकालाई शिक्षकले कथाको हावभावसहित कथावाचन गरेर सुनाउँदा प्रभावकारी हुने शिक्षिका शर्माको भनाइ छ। चित्र देखाउँदै बालबालिकालाई प्रश्न गर्न सकिन्छ। त्यसपछि छलफल गरेर सिकाउन सकिन्छ। 

आठ वर्ष माथिका विद्यार्थीले आफैं कथा पढेर आनन्द महसुस गर्छन्। विद्यार्थीले प्रश्न गर्ने र चित्रहरू हेरेर आफैं बनाउन सक्छन्। कथा लेख्न रुचिसमेत राख्न सक्छन्। स्वर वर्णको पहिलो अक्षर अ को पनि किताब उनले लेखिसकेकी छिन्। बजारमा उपलब्ध बालचित्र कथा कभरसहित १६ पेजको छ। पुस्तकको मूल्य एक सय ५० रुपैयाँ तोकिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.