सेती अञ्चल अस्पतालको तनाव सकियो

सेती अञ्चल अस्पतालको तनाव सकियो

धनगढी : पाँचबुँदे सहमति भएपछि सेती अञ्चल अस्पतालको तनाव सकिएको छ। सुत्केरीको मृत्युको छानविनका लागि समिति गठन गर्ने र नवजात शिशुको पालन पोषणका लागि सिफारिस गर्ने सहमति भएपछि तनाव सकिएको हो।

सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, अस्पताल प्रशासन र पीडितकाबी पाँचबुँदे सहमति भएको छ। सबै पक्षबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुत्केरी मृत्युबारे छानविन समिति गठन गर्न सिफारिस गर्ने लगातका विभिन्न सहमति भएका छन्।

चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्दै शुक्रबार दिनभरी अस्पतालमा ढुंगामुढा भएको थियो। सल्यक्रिया गरेर बच्चा पाएको चौँथो दिन, सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लैजाने क्राममा धनगढी उप–महानगरपालिका–१२ जुगेडाकी २२ वर्षीय रेखा थापाकोे शुक्रबार मृत्यु भएको हो।

अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै पिडितका आफन्तले रेखा थापाको शव फेरि ल्याएर सेती अञ्चल अस्पतालमै राखेर विहीबार राती देखि नै तनाव भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.