विप्लवले ‘आतंककारी शैली’ अपनाएको गृहमन्त्रालयको ठहर, सहयोग गरे कारबाही गर्ने चेतावनी

विप्लवले ‘आतंककारी शैली’ अपनाएको गृहमन्त्रालयको ठहर, सहयोग गरे कारबाही गर्ने चेतावनी

काठमाडौं : गृहमन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टले  ‘आतंककारी शैली’ अपनाएको ठहर गर्दै त्यो संविधान र कानुन विपरित रहेको ठहर गरेको छ। 

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै गृहमन्त्रालयले विप्लव समूहले आतंककारी शैलीमा नेपालको संविधान तथा कानुन विपरित नागरिकको जिउधनको क्षति पुर्याएको ठहर गरेको हो। 

बम विस्फोट, निर्दोष जनताको हत्या, आगजनी, रकम असुली, अपहरण, भौतिक पूर्वाधार तथा संरचनामा क्षति पुर्याउने काम गरेकोप्रति मन्त्रालयले चर्को आपत्ति जनाएको छ। 

मन्त्रालयले यो समूहका गतिविधिले देशलाई द्वन्द्वमा फसाउन खोजेकोप्रति सरकार सचेत रहेको प्रष्टसमेत पारेको छ। 

फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले यो समूहलाई प्रतिबन्ध लगाएको जानकारी गराउँदै मन्त्रालयले यो समूहलाई कुनै पनि तरिकाले सहयोग नगर्न सबैलाई आग्रह गरेको छ। सहयोग गरेको पाइए कारबाही हुने चेतावनीसमेत गृहमन्त्रालयले दिएको छ। 

‘कोही कसैले त्यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै किमिसमको सहयोग गर्ने गराउने समेतलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माण अभियानमा सबै पक्षको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। 

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा विप्लव समूहका व्यक्तिले जबरजस्ती आर्थिक सहयोग माग्ने, धम्की दिने कार्य गरे नजिकको प्रहरीमा सूचना दिनसमेत अनुरोध गरेको छ।
   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.