सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि परिचयपत्र आवश्यक छ : गृहमन्त्री लेखक

सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि परिचयपत्र आवश्यक छ : गृहमन्त्री लेखक
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरल र सहज सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बोल्दै गृहमन्त्री लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको औंल्याए। 'राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार गम्भीर र संवेदनशील छ। नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौं,' उनले भने। तथ्यांक सुरक्षामा सरकारले यथेष्ट ध्यान दिने मन्त्री लेखकको भनाइ छ। 

विश्वका विभिन्न मुलुकमा राष्ट्रिय परिचयपत्र प्रचलनमा रहेको उल्लेख गर्दै मन्त्री लेखकले विभिन्न निकायका छुट्टाछुट्टै प्रकृतिका कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताए। 'राष्ट्रिय परिचयपत्र अनिवार्य नगरे वितरण हुँदैन। अनिवार्य गर्दा कतिपयलाई दुःख पनि भएको छ,' उनले भने, 'परिचयपत्रका लागि राज्यले यति ठूलो लगानी गरेको छ। नागरिकलाई पर्ने सास्ती कम गरेर प्रयोग अनिवार्य गर्दै लैजानुपर्छ।'

मन्त्री लेखकले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा अशक्त व्यक्तिका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट पारे। उनले राष्ट्रिय परिचयपत्रको विवरण संकलन, प्रशोधन र छपाईसम्बन्धी कार्य तथा तथ्याङ्कको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गरे। 

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दिन सुरुआती चरणमा केही झन्झट भए पनि यसको निर्माणपश्चात सेवा लिनका लागि निकै सहज हुने बताए। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेका नागरिकको जैविक तथा व्यक्तिगत विवरणको सुरक्षामा ध्यान दिइएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.