सरकार पूर्णरूपमा असफल भइसक्यो : माधव नेपाल

सरकार पूर्णरूपमा असफल भइसक्यो : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन्।

शुक्रबार संसद भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रिक काम गरेको भन्दै वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको टिप्पणी गरे। संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए।

उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे। अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरूले जनताको चासोलाई उजागर गर्नमात्र खोजेको बताए। 

सरकारले सदनलाई बेवास्ता गरी मनपरी ढंगले आग्रह पूर्वाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए। उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.