विप्लवलाई प्रधानमन्त्रीको प्रश्न : चन्दा माग्ने, मान्छे मार्ने अनि झण्डामा हँसिया हथौडा प्रयोग गर्ने?

विप्लवलाई प्रधानमन्त्रीको प्रश्न : चन्दा माग्ने, मान्छे मार्ने अनि झण्डामा हँसिया हथौडा प्रयोग गर्ने?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई यही महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दल बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'उहाँहरु सहमतिमा आए ठीकै छ। नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ' प्रधानमन्त्री ओलीले भने,'विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै।'

जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत प्रधानमन्त्री ओलीले संसदलाई निर्देशन दिएका छन्। 'तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस्। सरकारले गरेका कामको प्रचार गर्नुहोस्। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस्। सत्य कुरा भन्नुहोस्। जनताका कुरा सुन्नुहोस्। आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्' ओलीले सांसदलाई भने,'जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस्।' 

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकाले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको समेत उनले दाबी गरे। 'देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ, समृद्धि सहितका सुखी नेपाली' प्रधानमन्त्री ओलीले भने,'यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.