सामाजिक सुरक्षा भत्ता पाउनै सकस

सामाजिक सुरक्षा भत्ता पाउनै सकस

धनगढी : हातमा लौरो।उभिनै नसक्ने कापिरहेको शरीर।कमजोर दृष्टि। कृषि विकास बैंक कैलाली पुलनिरको शाखा बाहिरको चर्को घाममा सैयौं जेष्ठ नागरिक लामवद्ध लाइनमा।त्यही लाइनमा भेटिए ९० वर्षीया काली प्रसाद चौधरी। अघिपछि उभिएका जेष्ठ नागरिकको अडेसले कापिरहेका उनी वृद्ध भत्ता बुझ्न त्यहाँ आएका हुन्। उनले लाइन बसेरै चार महिनाको ८ हजार वृद्ध भत्ता बुझे।

'९० वर्ष भयो।चार महिनाको भत्ता पाउने भनेपछि बैंकमै आएको हुँ, लरबराउँदै मसिनो स्वरमा भने, 'नजिक त वडा कार्यालय थियो, त्यतैबाट दिएको भए कत्ति सजिलो हुन्थ्यो।' कालीप्रसाद आफूले भोट दिएर जिताएका जनप्रतिनिधिलाई सरापी रहेका थिए।'भोट माग्ने बेला आए, हामीले यस्तै लाइनमा लागेर भोट पनि दियौं, वृद्धभत्ता घरघरमै पुर्‍याइ दिने भनेर प्रतिवद्धता गरेकाहरु अहिले कुन्नि कहाँ गए?' कालीप्रसाद चौधरीले प्रश्न गरे।

धनगढी उपमहानगरपालिका-३ बाट चार महिनाकै सामाजिक सुरक्षा भत्ताका लागि पहिलो दिन लाइन लागेर बैंक समय सकियो भनेपछि रित्तो हात फर्किएकी ८० वर्षीय कटेकी रुपादेवी गिरी बैंकको पश्चिमतिरको गेटबाट लाइन छिचोल्दै भीत्र छिर्ने प्रयास गरिरहेकी थिइन्।तर नजिकै रहेका गार्डले भने, 'आमा त्यो लाइनमा लाग्नुस।'

त्यसपछि निन्याउरो अनुहार लगाउँदै ती ८० कटेकी वृद्धाले लाइन नियालिन। सुइक्क सुस्केरा मार्दै भनिन, 'ओहो त्यो सकसपूर्ण लाइनमा फेरि कसरी लाग्ने ? हिजो पनि पालो नपुगेर फर्के, आज पनि त्यो लाइनमा।'

८० वर्ष कटेको बूढो शरीर, लाइन लाग्न पनि सकिरहेको थिएन, बल्ल चार महिनाको पाएको सामाजिक सुरक्षाभत्ता छोडन पनि भएन। रुपादेवी पसिनै पसिनाले भिजेको अनुहार, टाउकोमा सल राखेर करिब १ जनाभन्दा बढी लाइनमा बसेकाहरुको  अन्तिममा गइन र थचक्‍क बसिन। 'आज मेरो भत्ता नदिए म घरै जान्न' उनले निन्याउरो अनुहार लगाउँदै भनिन्।

कालिप्रसाद र रुपादेवी मात्रै होइन, आइतबारदेखि वितरण भइरहेको सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि ६० वर्ष उमेर कटेका देखि ९० वर्ष कटेका वृद्धवृद्धाको लाइनमा बस्ताको सकस यस्तै थियो। ' कम्मरले उभिन सक्दैन, म लडेर मेरो ढाँड भाँचिएको छ, मलाई अलि लाइनभन्दा अगाडि राखेर रकम दिनुपर्‍यो,' ७८ वर्षका कृतबहादुर तामाङले भने। तर उनको भनाई कसैले सुनेन्। 

बूढो शरीर, हातमा लौरो, एकजना सहयोगीसहित आएका तामाङ लाइनमा लागे।उनका सहयोगीले उनलाई आफ्नो छातिमा ढल्काएर राखे।लाइन अगाडि बढ्दै गयो। उनले भने, 'सरकार हामीलाई वडामै रकम पाउने व्यवस्था गरिदिनुपर्‍यो।'

धनगढी उपमहानगरपालिकाले मंसिरदेखि फागुनसम्मको चार महिनाको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता धनगढीमा रहेको कृषि विकास बैंकका दुईवटा शाखा वितरण गरिरहेको छ। दिनभरी लाइन लागेर पालो नआएपछि फेरी अर्को दिन नागरिक फेरी लाइनमा बसेका देखिन्थे।

'हिजो ९ बजे नै लाइनमा लागेको, २ बजेपछि बैंक बन्द भयो भनेर सटर तानिदियो। फेरि फर्केर गए। आज फेरि लाइनमा बसेको छु' वृद्धा देवी देउवाले भनिन्। 'तपाईको घरमै वृद्ध भत्ता पुगाई दिन्छु भन्ने नेताहरु कहाँ गए होलान?'

हरेक वडामा सुरक्षा व्यवस्था भएको धनगढी उपमहानगरपालिकामा भने सामाजिक सुरक्षाका लागि वृद्धवृद्धाहरुले सकसपूर्ण संघर्ष गरिरहनु परेको जेष्ठ नागरिक लोकबहादुर कोलीले बताए।

' बाजे बिरामी हुनुहुन्छ, लाइनमा उभिन सक्नुहुँदैन, अंगुठा छाप लगाएर ल्याए पनि बैंकले मान्दैन।त्यसैले बिरामी बाजेलाई ल्याएर आएकी हुँ, धनगढी नगरपालिका १२ की शान्ति चौधरीले भनिन्। 

'मलाई जेष्ठ नागरिकको त्यो सकस थाहा छ, तर सबै वडामा बैंक नभएका कारण पनि समस्या भएको हो।कार्यपालिकामा यसबारे कुरा पनि उठेको छ, म फेरी बैठकमा सुरक्षा भत्ता वडामै वितरण गर्ने प्रस्ताव लैजान्छु', धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसीला मीश्रभट्टले भनिन्।

उपमहानगरपालिकाले फुलबारी र उर्माका जेष्ठ नागरिकका लागि कञ्चन विकास बैंक, त्यस बाहेकका पुरै उपमहानगरपालिका भरीका जेष्ठ नागरिकका लागि कृषि विकास बैंकबाट भत्ता वितरण हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.