पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड

पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड

अमेरिका : नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल 'दाहाल' प्रचण्ड पत्नी सीता दाहालको उपचारपछि स्वदेश फर्केका छन्। अघिल्लो साता सोमबार अमेरिका आइपुगेका अध्यक्ष दाहाल,पत्नी सीता,छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गरेका छन्।

नेकपा अध्यक्ष दाहाल यहाँको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलबाट स्वदेश फर्केका छन्।अध्यक्ष दाहालको बिदाईका लागि राजदुत डाक्टर अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्य दूत पुष्पराज भट्टराई लगायत बिमानस्थल पुगेका थिए। 

अध्यक्ष दाहालले पत्नी सीतालाई यहाँका तीन अस्पताल जोन हप्किन्स, जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टर र बरमिन्गम यूनिभर्सिटीमा उपचार गराएका छन्। सोमबार वासिङटन डिसी ओर्लेका दाहालले पत्नी सीतालाई मंगलबार मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्स अस्पतालमा परीक्षणका लागि पुराए। त्यसपछि उनले पत्नीको पार्किन्सन रोगबारेमा विशेष उपचार हुने अस्पताल जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा पुराई स्वास्थ्य परीक्षण गराए। 

यस्तै अध्यक्ष दाहालले पत्नी सीतालाई अलाबामा राज्यमा रहेको बरमिन्गम यूनिभर्सिटीमा पछिल्ला दिनमा उपचार गराएर स्वेदश फर्केका छन्। दाहाल पत्नी सीतालाई यहाँका चिकित्सकले समेत पार्किन्सन रोग लागेको निर्कोल गरेका छन् ।

स्वास्थ्य परीक्षणपछि चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्ने भन्दै औषधिहरु दिएका छन्।दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य हिँडडुल आफै गर्न सक्ने भएको परिवार श्रोतले जानकारी दिएको छ। 

दाहाल पत्नी सीताको उपचारको सबै समन्वय वासिङटन डीसीस्थित नेपाली राजदूतावासले गरेको थियो। पत्नीको उपचारका लागि अमेरिका आएका नेकपाका एक अध्यक्षसमेत रहेका दाहालको प्रत्यक्ष रेखदेख राजदूत कार्की आफै खटिएर गरे। 

अध्यक्ष दाहालले पत्नी सीताको उपचारसँगै यस क्रममा केही राजनीतिक भेटघाट तथा छलफल समेत गरेका छन्। उनले अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया प्रमुख एलिस वेल्ससँग दुई देशको सम्बन्ध र हितका बारेमा कुराकानी गरेका छन्। 

यस्तै अध्यक्ष दाहालले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डिलेसीसँग समेत कफी भेटघाट गरे। यस्तै हालै मात्रै मेरिल्याण्ड राज्यको, राज्य संसदमा निर्वाचित नेपाली मुलका ह्यारी भण्डारीसँग भेटघाट गरेका छन्।

यसैगरी अध्यक्ष दाहालले वासिङटन डिसी क्षेत्रमा रहेका केही प्रतिनिधि नेपालीसँग समेत छलफल गरे। वर्तमान राजनीतिका एक शक्तिशाली पात्र नेकपा अध्यक्ष दाहाललाई यहाँ नेकपा सर्मथक केही नेताहरुले समेत भेटघाट गरेका छन्। उनलाई भेटन् यहाँका नेताहरु डिसी क्षेत्र नै पुगेका थिए।

साता दिनका लागि अमेरिकामा रहेका अध्यक्ष दाहाललाई नेपाली राजदूतावास, संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग र न्यूयोर्कमा रहेको बाणिज्य दूतावासले विशेष स्वागत गरेको थियो। 

पूर्व नेकपा माओवादीका अध्यक्ष समेत रहेका दाहालका बारेमा संघीय अदालतमा एक नेपालीले उजुरी गरेपछि अमेरिकी सरकारले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेको थियो। जसको अर्थ हुन्छ, उनका विरुद्धमा उजुरी भएपनि अनुसन्धान र पक्राउ  नहुनु। यस्तो खालको सर्कुलर अमेरिकी सरकारले यसअघि भारतीय नेताहरु सोनिया गान्धी र नरेन्द्र मोदीलाई जारी गरेको थियो।

अध्यक्ष दाहालको यो तेश्रो अमेरिका भ्रमण हो। यस अघि सन् २०११ र सन् २००८ मा नेकपा अध्यक्ष दाहाल अमेरिका आएका थिए। सन् २०१२ को सेप्टेम्बर ६ मा अमेरिकी सरकारले प्रचण्ड नेतृत्वको माओवादीलाई आतंककारी सूचिबाट हटाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.