चार हजारको लोभमा चरेश पुर्‍याउन गएका आमा छोरी पक्राउ

चार हजारको लोभमा चरेश पुर्‍याउन गएका आमा छोरी पक्राउ

वीरगन्ज :  वीरगन्जको इनर्वाबाट बिहीबार बिहान प्रहरीले लागुऔषध गाजासहित आमा छोरीलाई पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेशको धुलो ६ किलोसहित आमाछोरीलाइ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका- १० मा स्थायीघर भई हाल वीरगन्ज महानगरपालिका-१ छपकैयामा डेरा गरी बस्ने  ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी १४ वर्षीया छोरी रहेको प्रहरी जनाएको छ। प्रहरीले अन्जुकी छोरीको नाम भने खुलाएको छैन।

वीरगन्ज महानगरपालिका-१९ इनर्वा चोकस्थित सडकमा चेकजाँचमा खाटिएको प्रहरीको टोलीले २४ वटा प्याकेटमा रहेको ६ किलो लागुऔषध चरेशको धुलोसहित पक्राउ गरेको हो।

वीरगन्जबाट रक्सौल पैदल जाँदै गरेका आमा छोरीलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा प्लाटिकको टेपले बेरर राखिएको अवस्थामा चरेश फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। 

पक्राउ परेका अन्जु देवी र उनकी छोरी दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

प्रहरी हिरासतमा रहेकी अन्जु देवीले वीरगन्जमा एकजना व्याक्तिले लागु‍औषध रक्सौल पुर्‍याइ दिन आग्रह गरेका थिए। उनले ति व्यक्तिले ४ हजार रुपैयाँ आफूलाई दिएपछि लागुऔषध पुर्‍याउन रक्सौल गएको प्रहरीसमक्ष बयान दिएको नायव उपरीक्षक शर्माले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.