टुंगियो कर्मचारी समायोजन
काठमाडौं : सरकारले कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै संघीय संरचना अनुरुप कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको हो।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहमा एक वर्ष लगाएर समायोजन टुंग्याएको बताए। कर्मचारीलाई प्रोत्साहनसहित प्रदेश र स्थानीय तहमा पठाउने काम भइरहेको मन्त्री पण्डितले जानकारी दिए। 'समायोजन सकियो, पत्र दिने काम भइरहेको छ' उनले भने।
१ लाख ३१ कर्मचारीको समायोजन भएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिए। उनकाअनुसार संघमा ४० हजार ७ सय ६९, प्रदेशमा १४ हजार ६ सय ५९ र स्थानीय तहमा ४० हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ।
एक वर्ष लगाएर मन्त्रालयले कर्मचारी समायोजन गरेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।