घाँस काट्न गएकी महिलाको लडेर मृत्यु
दमौली : घाँस काट्ने क्रममा लडेर घाइते देवघाटकी एक महिलाको ज्यान गएको छ। देवघाट गाउँपालिका-२ बैदी निवासी २५ वर्षीया रुपीमाया वंशी ठकुरीको उपचारका लागि दमौली ल्याउँदै गर्दा बाटामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बिहीबार साँझ घाँस काट्ने क्रममा लडेर घाइते भएकी रुपीमायाको दमौली अस्पतालमा उपचारको क्रममा ल्याउँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।उनका श्रीमान् ४ महिनादेखि वैदेशिक रोजगारमा छन्।