डाक्टरको हर्कत् : सन्तान नपाएको निहुँमा जेठी पत्नीलाई यातना दिँदै हत्या !

डाक्टरको हर्कत् : सन्तान नपाएको निहुँमा जेठी पत्नीलाई यातना दिँदै हत्या !

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डाक्टर सचितानन्द यादवको कुटाइबाट घाइते भएकी उनकी जेठी श्रीमती सुनिता देवी यादवको मृत्यु भएको छ ।

आफ्नै श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनिताको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ ५ बजे मृत्यु भएको सुनिता देवीका मामा नागेन्द्र यादवले जानकारी दिए ।

डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते भएकी उनकी जेठी श्रीमती सुनितालाई उनका माइती पक्षले उद्वार गरी चैत ११ वीरगन्जको गण्डक हस्पिटलमा भर्ना गरेका थिए । गण्डक हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएकी उनको स्वास्थ्यमा सुधार नआएपछि माइती पक्षले उनलाई थप उपचारका लागि ११ गते नै राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा लगेका थिए ।

यसअघि चैत ११ गते वीरगन्जको गण्डक हस्पिटलमा पुर्याउँदा सुनिताको स्वास्थ्य एकदमै नाजुक रहेकोले मस्तिष्कमा अक्सिजन नपुगेर उनी हाईपोक्सीया रोगको सिकार समेत हुन पुगेको गण्डक हस्पिटलका डाक्टर सुरेन्द्र  याद बताउँछन् ।

कुटपिटको बहाना सन्तान नजन्माएको !

वीरगन्ज महानगरपालिकाको हरपतगन्ज घर भएका डा. सचितानन्द यादवसँग १५ वर्ष पहिले वीरगन्जजकै बहुअरीकी सुनिता यादवको २० लाख रुपैयाँ दाईजो समेत दिइ मागी विवाह भएको थियो ।

विवाहको एक वर्ष नबित्दै सुनिताबाट सन्तान भनभएको निहुँमा उनका श्रीमान डाक्टर सचितान्दले भारतको रक्सौल निवासी एक महिलालाई कान्छी श्रीमतीको रुपमा घरमा भित्र्याएका थिए ।

कान्छी श्रीमती ल्याएदेखि नै सचितानन्द यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमती सुनितालाई निरन्तर मानसिक तथा शारिरीक रुपमा यातना दिँदैआएको आएको आरोप सुनिताका भाई सन्तोष यादवको छ ।

निरन्तरको मानसिक र शारिरीक यातनाबाट पिडित सुनितालाइ लिन उनको  घर जादा ससुरा पक्षकाले केही दिनदेखि खाना समेत नदिएर भोकै राखेको र कुटपिटबाट पुरै शरीरभर निलडाम बसेको देखिएपछि यातना दिएको रहस्य खुलेको भाइ सन्तोषले बताए ।

सुनितालाई कुटपिट गरी घाइते बनाएपछि सचितानन्द यादवलाई भने प्रहरीले चैत ११ गते नै नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ । माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले डाक्टर यादवलाई पक्राउ गरी कर्तब्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइसकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.