२४ केजी चरेशसहित भारतीय नागरिक पक्राउ

२४ केजी चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज : वीरगन्जको बसपार्कबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सुराकी पाएपछि प्रहरीचौकी बसपार्कबाट खटिएको प्रहरीको संयुक्त टोलीले बसपार्कबाट २४ केजी चरेशसहित भारतको कोलकातास्थित शिविरपुर घर भएका ३० वर्षीय सहनबाज अब्दुललाई पक्राउ गरेको हो ।

बसपार्क प्रहरी चौकीका प्रहरी ईन्चार्ज प्रहरी नायव निरीक्षक बैद्यनाथ दासको नेतृत्वमा खटिएको प्रहरी टोलीले अब्दुललाई लागुऔषध चरेशसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अनन्तराम दासले जानकारी दिए ।

शनिवार बिहान साढे पाँच बजे तिर नाइटबसबाट बसपार्कमा झरेर पैदल रक्सौलतर्फ जाँदै गरेका अब्दुललाई रोकेर चेकजाच गर्दा उनले बोकेको ब्यागबाट एक–एक केजी तौलका २४ पोका चरेस बरामद भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

अब्दुललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले जानकारी दिए । प्रहरी नायव उपरीक्षक शर्माका अनुसार हिरासतमा रहेका अब्दुलले आफू भरिया मात्र रहेको बयान दिएका छन् । मुख्य कारोबारीको पहिचान गर्न अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.