समाचार प्रभाव : बाजुराको बिच्छँयामा चामल डिपो सिफारिस

समाचार प्रभाव : बाजुराको बिच्छँयामा चामल डिपो सिफारिस

बाजुरा : बाजुराको सर्वाधिक टाढा रहेको हिमाली गाउँपालिकाको वडा नम्बर १ विच्छँयामा खाद्यन्न विक्री केन्द्रको स्थापनाका लागि पहल भएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला खाद्य व्यवस्था समिति बाजुराको बैठकले उक्त स्थानमा खाद्यन्न विक्री केन्द्र खोली विक्री वितरण लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौं र नेपाल खाद्य संस्थान धनगढीलाई अनुरोध गरेको छ।

‘मार्तडीबाट विच्छयाँ ४० कोष टाढा छ, यातायातको पहुँच नभएको र वर्षभरीको उत्पादनले थोरै समय मात्रै खान पुग्ने भएकाले तीन वटै वडाका लागि विच्छयाँमा खाद्य डिपोका लागि सिफारिस गरिन्छ’ समितिले शुक्रबार गरेको सिफारिसमा उल्लेख छ।

तीन जना ठेकेदारले ठेक्काले चावम ढुवानीको लागी जिम्मा लगेको भएपछि ठेकेदारले चामल दुवानी नर्गदा विच्छँयाकी १३ वर्षिया बालिका सहित ४५ जनाले चामल नपाएको समाचार अन्नपूर्ण पोस्टले प्रकाशन गरेपछि जिल्ला खाद्य व्यवस्थापन समितिको बैठक बसी बिच्छायामा विक्री केन्द्रको पहल भएको हो।

हिमाली गाउँपालिकाको वडा नम्वर १, २ र ३ का स्थानीयहरुको पायक पर्ने गरी वडा नं. १ को विच्छ्याँमा खाद्यन्न डिपो खोली विक्रि केन्द्र स्थापना गर्नका लागि माग गरेर मन्त्रालयमा पठाएको जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन्।

सदरमुकाम मार्तडीबाट झण्डै ४० कोष टाढा रहेको विच्छ्याँमा हालसम्म पनि यातायातको पहूँच पुगेको छैन। जसका कारण त्यहाँका स्थानीयहरुले वर्षेनी खाद्य संकट भोग्न बाध्य भएका छन्।

बिच्छँया डिपो स्थापनाका लागि प्रदेश र केन्द्रीय दुबै सरकारसँग पहल गरीरहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन्। जिल्लामा पहलका लागि भएको निर्णयले स्थापना हुनमा अझै सहयोग पुग्ने मल्लले बताएका छन्।

उत्पादन कम हुने र भौगोलिक विकटता निकै टाढा रहेको उनले बताए। वडा नम्बर १, २ र ३ बिच्छँयामा करिब ४ हजार जनसख्या रहेको छ।

अहिले खाद्य संस्थानको डिपो दुई दिनसम्म लाग्ने हिमाली गाउँपालिकाको ५ कवाडीमा रहेको छ। त्यहाँ पनि समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाउँपालिकाको कवाडीमा रहेको खाद्यन्न डिपोको विक्री केन्द्रमा एक महिनादेखि खाद्य सकंट भएको हिमाली गाउँपालिका ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.