माइती पक्षले गर्‍यो सुनिताको अन्त्येष्टि

माइती पक्षले गर्‍यो सुनिताको अन्त्येष्टि

वीरगन्ज : डा. सचितानन्द यादवको यातना र निर्घात कुटपिटबाट मृत्यु भएकी पत्नी सुनिता यादवको आइतबार अन्तिम संस्कार गरिएको छ । 

सुनिताको माइती गाउँ, बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित दुधौरा नदीमा आइतबार बिहान सुनिताको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार गरिएको हो । सुनितालाई उनका कान्छ भाइ सन्तोषले दागबत्ती दिए । 

नारायणी अस्पतालका डाक्टर सचितानन्दको कुटाइबाट गम्भीर घाइते उनकी जेठी पत्नी सुनिताको उपचारको क्रममा शुक्रबार साँझ काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको थियो । 

सुनिताको शव अस्पतालमै पोष्टमार्टमपछि शनिबार राति माइती घरमा ल्याइएको थियो । आइतबार बिहान माइती गाउँकै दुधौरा नदीमा अन्तिम संस्कार गरिएको सुनिताका मामा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । 

हत्यारालाई कारबाही गर्न सभामुखको माग 
सुनिताको अन्तिम संस्कार अघि उनको माइती घरमा प्रदेश–२ का सभामुख सरोज यादव श्रद्धाञ्जली दिन पुगेका थिए । 

सुनितालाई श्रद्धाञ्जली दिन सभामुख यादवसँगै प्रदेश सांसद करिमा बेगम, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी उनको माइतीघर पुगेका थिए ।

परिवारसँगको भेटमा सभामुख यादवले समवेदना प्रकट गर्दै दोषीलाई कानुन बमोजिमको कडा कारबाही गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे । 

शोकाकुल परिवारलाई भेटेर पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले घटना निन्दनीय भएको भन्दै दोषीलाई कुनै हालतमा छुट नदिइने विश्वास दिलाए। 

१६ वर्ष पहिले वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा. सचितानन्दले बाराको परवानीपुर गाउँपालिका ५ बहुअरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए । त्यसबेला माइती पक्षले दाइजोमा नगद १२ लाख ५० हजार र दुई लाख ५० हजार रुपैयाँ मूल्यको गरगहना दिएको थियो । 

विवाहको एक वर्षपछि नै डा. यादवले एउटा मारुती कार  र वीरगन्जमा एउटा घर किनेर दिन सुनिताका माइतीलाई दबाब दिन थालेका थिए । तर, उक्त माग माइती पक्षले पूरा गर्न नसक्ने बताएपछि सुनितालाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए । 

डा. यादवले सुनितासँग बिहे गरेको तीन वर्षपछि  दोस्रो बिहे गरेका थिए । त्यसपछि उनले लगातार पीडा सहदै आएकी थिइन् । चैत १० गते राति घरमै श्रीमान, सासु आशादेवी, ससुरा नागेन्द्र र देवर अचुता मिलेर सुनितालाई कुटपिट गरेका थिए । अन्तिम अवस्थामा सुनितालाई माइती पक्षले उद्धार गरेका थिए । उनको शरीरमा आइरन, तातो फलाम र करेन्ट लगाइएको थियो । 

अचेत अवस्थामा रहेकी सुनितालाइ चैत ११ गते वीररगन्जको अस्पतालमा उपचार सम्भव नभएपछि ११ गते नै राति काठमाडौं टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ ५ बजे सुनिताको मृत्यु भएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.