हुरीबाट सबैभन्दा बढी क्षति भएको बाराको पुरइनियाँ (फोटो फिचर)
फेटा (बारा) : बारामा गएराति आएको हावाहुरीबाट सबैभन्दा बढी क्षति फेटा गाउँपालिका ६ पुरइनियाँमा भएको छ । उक्त गाउँमा एकै परिवारका ४ जनासहित ११ जनाको मृत्यु भएको छ । इजहार मिया अंसारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातीनी सम्चिदा खातुन र रुक्सार खातुनको मृत्यु भएको हो । यस गाउँमा अहिले सुरक्षाकर्मीहरु भग्नावशेष पन्छाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !