घाइतेको उपचारका लागि मन्त्री सोनलले गरे रक्तदान
वीरगन्ज : हावाहुरीबाट घाइते भएकाको उपचारमा सहयोगका लागि प्रदेश-२ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले रक्तदान गरेका छन्। बारा क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेशसभाका सदस्य पदमा निर्वाचित भई मन्त्री पदमा पुगेका मन्त्री सोनल भीषण हावाहुरीबाट प्रभावित आफ्नो क्षेत्रका जनतालाई भेट्न सोमबार बिहानै पर्सा पुगेका हुन्।
उनले बारा र पर्साको प्रभावित क्षेत्रमा निरीक्षण गरेर अस्पतालमा घाइते र पीडित परिवारसँग भेटघाट गरे।घाइतेको उपचारका लागि रगत अभाव भइरहेको चिकित्सकबाट जानकारी पाएपछि ५० वर्षीय मन्त्री सोनलले पर्सास्थित नारायणी अस्पतालमा रक्तदान गरेका हुन्।उनले प्राकृतिक विपदको समयमा सबैलाई सहयोग गर्न अपिल पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस !