प्रियंका र निक विवाहको चार महिनामै डिभोर्सको तयारीमा !

प्रियंका र निक विवाहको चार महिनामै डिभोर्सको तयारीमा !

वासिङटन : बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच विवाह भएको चार महिनामै डिभोर्सको तयारी भएको अमेरिकी मिडियाको दावी छ ।

अमेरिकी म्यागजिन ओके सहित अन्य केही अनलाईनले जनाएअनुसार निक र प्रियंका डिभोर्सको तयारीमा नै पुगिसकेका छन् । निकको परिवार समेत प्रियंकासँग खुसी हुन नसकेको बताइएको छ । छोटो समयमै विवाहको योजना बनाउँदा उनीहरुबीच मनमुटाव उत्पन्न भएको हो ।

म्यागजिन ओकेले निक प्रियंकालाई विवाहअघि समझदार र सरल युवती ठान्थे भनी उल्लेख गरेको छ । तर विवाहपछि उनले नियन्त्रण गर्न थाल्दा निक उनीसँग टाढिन खोजेको मिडियाले उल्लेख गरेका छन् ।

विवाह भएको तीन महिनासम्म पनि उनीहरु हनिमुन मूडमै देखिन्थे । अचानक सम्बन्धमा दरार उत्पन्न भएको समाचार अमेरिकी मिडियामा आएको हो । प्रियंका भन्दा १० वर्ष कान्छा निक हलिउडमा स्थापित गायक हुन् । विवाहपछि अमेरिकामा रहँदैआएका उनीहरु डिभोर्सको विषयमा सहमतिमा पुगेको पनि बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.