भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

नयाँ दिल्ली : नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जाँचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जोलीले आक्रोश व्यक्त गरेका छन् । 

जोलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुइ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्लीस्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाई बुझाएका छन् । ज्ञापनपत्रमा जोलीले २१ मे १९९७ देखि २७ फेब्रअुरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षणसमेत गराएका छन् । 
‘दुर्घटना लगत्तै कम्पनीले तत्काल स्थलगत जाँच गराउनुपथ्र्यो तर एयरबसले यस्तो गरेन । यसले कम्पनीको गैरजिम्मेबारपनालाई दर्शाएको छ । नेपालका विशिष्ट (भिभिआइपि) व्यक्तिहरुको निधनपछि पनि एयरबसले जाँचको पहल गर्दैन भने आमनागरिकको सुरक्षाको सुनिश्चितता कसरी गर्न सक्छ ?’  दिल्ली स्टडी ग्रुपका अध्यक्षसमेत रहेका जोलीले प्रश्न उठाएका छन् । 
एक महिना बितिसक्दा पनि हेलिकप्टर निर्माता कम्पनीको पेरिसस्थित मुख्यालयले स्थलगत जाँचकालागि प्राविधिक टोली पठाएको छैन् भन्दै जोलीले यसलाइ आश्चर्यजनक र गैरजिम्मेबारपूर्ण भनेका छन् । उनले कम्पनीको रवैयालाइ पीडादायी र अमानवीय समेत भनेका छन् । यस्ता जाँचले भविष्यमा हुनसक्ने संभावित दुर्घटनालाइ न्यून गर्न मदत गर्ने ज्ञापन पत्रमा उल्लेख छ । 
गत फागुन १५ गते पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित अन्य पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायत सातजनाले ज्यान गुमाएका थिए । ज्ञापन पत्रमा नेता जोलीले निधन भएकाहरुप्रति शोक व्यक्त गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.