बाराका घाइतेकाे सबै खर्च सरकारले व्यहोर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिवद्धता

बाराका घाइतेकाे सबै खर्च सरकारले व्यहोर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिवद्धता

काठमाडौं : बारा र पर्साको हुरीबाट घाइते भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेटेका छन् ।

घाइतेलाई भेटेर उनले सबै विरामीको उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले चिकित्सकलाई सम्पूर्ण स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न पनि आग्रह गरेका छन् ।

‘खर्चको चिन्ता लिनुपर्दैन उनले भने,’ ‘घाइतेको उपचार राज्यले गर्छ ।’ संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये सातजनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.