कलंकी स्यूचाटार पुलमुनि युवकको शव भेटियो

कलंकी स्यूचाटार पुलमुनि युवकको शव भेटियो

काठमाडौं : राजधानीको चक्रपथकै पुलमुनी नदेखिने गरी फालिएको अवस्थामा एक युवकको शव भेटिएको छ। चक्रपथको कलंकी-स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो। 

फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।  

युवकको घाटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ । उनको पेट क्षतविक्षत हुनेगरी काटिएको छ । प्रहरीले कसैले हत्या गरेर फालेको आशंका गरेको छ । अनुहार प्रष्ट भए पनि मृतक युवाको शरीरमा भने चोट देखिन्छन्। 

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगिसकेको छ । मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.