बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु

बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु

वीरगन्ज : गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ। योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र  पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजको आइसियुकक्षमा गत आइतबार रातिदेखि उपचार गराइरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनु्सार वीरगन्जका विभिन्न अस्पतालमा बारा र पर्साका चार सय जना घाइतेको उपचार भइरहेको छ ।  पाँचजना घाइतेलाई उपचारका लागि काठमाडौँ लगेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.