पूर्वराजा ज्ञानेन्द्रद्वारा सुमहात्लुङ मन्दिरमा पूजापाठ (फोटोसहित)

पूर्वराजा ज्ञानेन्द्रद्वारा सुमहात्लुङ मन्दिरमा पूजापाठ (फोटोसहित)

फिदिम : पूर्व राज ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका- ४ गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा गरेका छन्। सोमबार साँझ फिदिम आएका शाहले मंगलबार दिउँसो १२ बजे सुमहात्लुङमा मन्दिरमा पूजा गरेका हुन्। 

फिदिम बजारको मनस्वि होटलमा बसेका शाहलाई भेट्न सयौँको संख्यामा शुभचिन्तकको भीड लागेको थियो। शाह मनस्वी होटलदेखि बजारको ठाडो लाइन हुँदै आहालगैरीसम्म पैदल हिँडेर गएका थिए।

शाहको पैदल यात्रामा राष्ट्रिय झण्डा बोकेको सयौं स्थानीय सहभागी भएका थिए। पैदल यात्राको क्रममा 'राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,' भन्ने नाराहरु लगाएको थियो। 

लिम्बूहरुको शक्तिपीठको रुपमा लिइएको सुमहात्लुङ मन्दिरमा शाहले पूजा गरेका हुन्। पूजापाठमा छोटो समय खर्चिएका शाहले औपचारिक सम्बोधन भने गरेनन्।

पूर्व राजाको हैसियतले निजी भ्रमणमा शाह देश दौडाहामा निस्किएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले जानकारी दिए।'पूर्वराजाको व्यक्तिगत भ्रमण हो,' लावतीले भने 'उहाँले पाँचथरको भ्रमण गर्ने इच्छा जाहेर गरेपछि हामीले समन्वय गरेका हौँ।'

शाहलाई पाँचथर ल्याउनका लागि 5 सय एक सदस्यीय आयोजक समिति गठन गरिएको थियो। राप्रपा र राप्रपा संयुक्तले शाहको भ्रमणको आयोजना गरेका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.