जनक शिक्षाको ट्रकले तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिँदा २ को मृत्यु

जनक शिक्षाको ट्रकले तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिँदा २ को मृत्यु

ललितपुरः ललितपुर महानगरपालिकाको धोबीघाटमा शुक्रबार बिहान ११:३५ बजेतिर सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको किताब बोकेको ट्रकले बा ७ च २१३१ नम्बरको तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

महानगरीय प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार दुर्घटनमा घाइते भएका उनीहरुलाई उपचारका लागि अल्का हस्पतालमा लगिएको थियो।उपचारका क्रममा दुवैजनाको मृत्यु भएको चिकित्सकले जनाएको छ।

मृत्यु हुनेमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्दै आएका ४० वर्षीया डोल्मा शेर्पा रहेका छन्। घटनास्थलमा भैसेपाटीकी स्मृति मगर घाइते भएकी छन्। उनको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ।चालकले स्कुटरलाई बचाउन खोज्दा ट्रक अनियन्त्रित भएर तरकारी गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.