घर बनाउने जग्गा खोज्दै हावाहुरी पीडितकहाँ पुगे प्रधानसेनापति (फोटो)

घर बनाउने जग्गा खोज्दै हावाहुरी पीडितकहाँ पुगे प्रधानसेनापति (फोटो)

वीरगन्ज : बारा र पर्साका हुरी प्रभावितको घर निर्माणको जिम्मा पाएको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विनशाकारी हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाँउहरुको सोमबार स्थलगत निरीक्षण गरेका छन्।

हुरीले घरबारविहीन भएकाहरूका लागि संघीय सरकारले स्थायी घर निर्माण गरिदिने निर्णय चैत २२ गते गरी यसको जिम्मा नेपाली सेनालाई दिएको छ।

सोमबार दिउसो बाराको फेटा गाउँपालिका १ भलुही भरवलीया र वडा नम्बर ६ पुरैनियामा हेलिकप्टरबाट पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर निर्माणका लागि जति सक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे।

निर्माण सुरु भएको दुई महिनामै घर निर्माणको काम सकेर पीडितहरूलाई हस्तान्तरण गर्ने लक्ष्य सेनाले लिएको प्रधानसेनापति थापाले बताए।

‘लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना रहेको छ’, उनले भने, ‘जसको नम्बरी जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिनुस् भनेका छौँ।  जो ऐलानी जग्गामा बस्दै आएका थिए, उनीहरूको हकमा भने प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले छलफल गरेर जग्गा उपलब्ध गराइदिए सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउने योजनामा छौँ।‘

भरवलीयापछि प्रधानसेनापति थापाले सोमबार नै हुरीले प्रभावित बाराको परवानीपुर गाँउपालिका ४ चैनपुर, पर्साको सुखचैना, जगरनापुर गाँउमा पुगेर पनि स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भटटराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतको पनि सहभागीता रहेको थियो।

चैत १७ गतेको विनाशकारी हुरीले बारामा एक हजार आठ सय ९५ र पर्सामा तीन सय ९६ घर टहरमा क्षति पुर्‍याएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कार्यान्वयन गर्न महतोको माग

सोमबार बिहान वीरगन्जका अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हुरीले घरबारविहीन भएकाहरूको पुर्नस्थापनाका लागि घर निर्माणको काम तत्कालै सुरु गर्न सरकारसँग माग गरेका थिए।

महतोले पीडितहरूका लागि अहिले बनाइएको अस्थायी पाल र टेन्टले सामान्य वर्षा र हावा पनि थेग्न नसक्ने भएकाले तत्कालै घर निर्माणको काम थाल्न सरकारसँग माग गरेका हुन्।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेलाई सोमबार बिहान भेटेपछि महतोले भने, ‘हावाहुरी र वर्षातको मौसम अब सुरु हुँदैछ, अहिलेको अस्थायी पाल र टेन्टले पानी र हावा थेग्न सक्दैन, त्यसैले स्थायी घर निर्माणको काम तत्कालै सुरु गरिहाल्नु पर्छ।‘


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.