साइकल लेन बनाउँदै ललितपुर

साइकल लेन बनाउँदै ललितपुर

ललितपुर : अंग्रेजी पत्रिका ‘द गार्जियन’ले सन् २०१४ मा काठमाडौंवासी साइकलमैत्री बन्न सक्लान् ? ’ भन्ने समाचार छाप्यो। समाचारमा मोटरसाइकल ‘ह्याबिट’ छाड्लान् भन्ने प्रश्न उठाइएको थियो। समाचारमा अमेरिकाको येल विश्वविद्यालयको तथ्यांकसमेत समेटिएको थियो। तथ्यांकमा भनिएको थियो, ‘हावाको गुणस्तर हेर्दा एक सय ७८ आंै मुलुकमध्ये नेपाल एक सय ७७ औं स्थानमा छ। तर पनि साइकल चढ्नेहरू खासै उत्साहित छैनन्। प्रदूषणको स्तर झनै खस्कँदो छ।’

यही विषयलाई दृष्टिगत गरी ललितपुर महानगरपालिकाले साइकलयात्रीलाई सहज बनाउन सडकमा चिनो लगाउने भएको छ। सडकको बायाँतर्फ धर्सो (मार्क) तानिनेछ। त्यो धर्सोभित्र साइकलको चित्र कोरिनेछ। त्यहाँ गुड्ने पहिलो अधिकार साइकललाई हुनेछ। साइकल नभएको बेला मात्र अन्य सवारीले अवसर पाउनेछन्।

यसका लागि ५० लाख रुपैयाँ छुट्याइएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। डिजाइनरले केही दिनमा विस्तृत विवरण बुझाएपछि उक्त काम कसरी गर्ने भन्ने निक्र्याेल हुने उनले बताए। ‘कला नगरी अब साइकल नगरी पनि’ भन्ने मूल नाराका साथ काम सुरु हुन लागेको सचिवालयका सदस्य राजु महर्जनको भनाइ छ।

‘यसलाई साइकल प्राथमिकता लेनका नामले चिनिनेछ’, उनले भने। सुरुमा कुपण्डोलदेखि लगनखेलसम्मका सडकमा मार्किङ हुनेछ। त्यसपछि पुल्चोक, मंगलबजार हुँदै मंगलबजार–लगनखेल पुग्ने योजना छ।

सडकको बायाँ सडकलाई सुरक्षित मानिने ट्राफिक प्रहरीका पूर्वप्रमुख सीताराम हाछेथुले बताए। ‘दायाँ साइड तीव्र गतिमा सवारी चलाउनेहरूले प्रयोग गर्छन्’, उनले भने, ‘त्यसैले बायाँ साइड साइकलका लागि छुट्याउन लागिएको हो।’

ललितपुरमा खासै उकालो ओरालो बाटो नभएकाले साइकलका लागि समस्या नरहेको उनको भनाइ छ। चिनो लगाएपछि साइकल चलाउन झनै सजिलो हुन्छ। बायाँ साइड साइकलको हो। यसले मान्छेलाई सिस्टममा बाँध्छ। प्रदूषण कम हुन्छ। गाडीलाई हतोत्साही बनाउँछ। ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक बनाउँदा २.६ मिटर साइकललाई छाड्नुपर्छ’, हाछेथुले भने, ‘तर नेपालका सडकमा २.३ मिटर मात्रै छ। त्यसैले नयाँ बन्ने बाटामा मात्रै यो सम्भव हुन सक्छ।’

विगतमा साइकल लेन नहुँदा धेरैले ज्यान गुमाउनुपरेको र सिस्टमबाट मात्र सुरक्षित हुने उनले बताए। ‘तर साइकलले कसैको ज्यान लिएको सुनेको छैन’, हाछेथुले भने। ठाउँका हिसाबले पनि साइकल उपयोगी हुने उनको भनाइ छ।

साइकललाई ३ फिट चौडाइ र ६ फिट लम्बाइ भए पुग्छ। मोटरसाइकललाई ९ फिट चाहिन्छ। तर बस, मिनी बस र कारलाई ७ फिट चौडाइ र १५ फिट लम्बाइ चाहिन्छ। यसले सडकका धेरै ठाउँ ओगटेको उनको भनाइ छ। महानगरले साइकल पार्किङका लागि आठ स्थानमा साइकल स्ट्यान्ड बनाउने योजना बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.