हिमालय उर्जाको सेयरमा ४ गुणा बढी आवेदन

काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको सर्वसाधारण सेयर निष्कासन (आईपीओ)मा चार गुणा बढी आवेदन परेको छ। यो कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयरमध्ये ४४ हजार पाँच सय ५० कित्ता कर्मचारीलाई, ७४ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी १३ लख ६६ हजार दुई सय कित्ताको आईपीओ निष्कासन गरेको थियो।
चैत्र २० गते सोमबारसम्म खुला गरिएको उक्त आइपीओमा करिब ७२ हजार आवेदकले ५१ लाख ३७ हजार पाँच सय ५०कित्ता सेयरका लागि ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन दिएको हिमालय ऊर्जाले जानकारी दिएको छ।
अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रति मेगावाट लागत कम भएका कारणले लगानीकर्ताको उत्साहजनक सहभागीता बढेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए।
उनले कतिपय जलविद्युत् आयोजनाको शेयर बिक्री नभएको अवस्थामा सर्वसाधारणको यस्तो उत्साहले कम लागतमा निर्माण आयोजनाप्रति विश्वास बढाएको पनि बताए।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति २ गरी कुल १९ मेगावाटको आयोजा निर्माण गरिरहेको छ। यसको निर्माण लागत करिब तीन अर्ब १५ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस !
