पूर्वराजाको पछुवा कारको ठक्‍करबाट एकको मृत्यु, एक गम्भीर

पूर्वराजाको पछुवा कारको ठक्‍करबाट एकको मृत्यु, एक गम्भीर

विराटनगर : पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको कारले मोरङमा मोटरसाइकललाई ठक्‍कर  दिँदा एक युवाको मृत्यु भएको छ।अर्का युवा भने गम्भीर घाइते भएका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका-९ बुधबारेमा बुधबार राति ८ बजे दुर्घटना भएको हो। पूर्व राजाको सुरक्षाका लागि सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको बा ३ च ७९६२ नम्बरको पछुवा कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको श्रेष्ठले बताए। 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-९ का २२ वर्षीय हेम चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राति ९ बजे मृत्यु भएको हो। 

मोटसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन्। उनलाई नोबेलबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ। रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकले बताएका छन्।न्युरो सर्जन डा. विवेक वैद्य नेत्रृत्वको टोलीले टाउकोको शल्यक्रिया गरेका चौधरीको अझै होस् खुल्न सकेको छैन। 

डा. वैद्यले टाउकोमा रगत जमेका कारण शल्यक्रिया गरिएको र अवस्था भने खतरामुक्त नरहेको जानकारी दिए। पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्ममा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्‍कर दिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार यो राजाको सुरक्षामा खटिने सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा गाडी हो।

गाडी झापाको दमकबाट पूर्वराजासहितको टोलीको सुरक्षाका लागि भनेर विमानस्थलसम्म पिछा गर्दै आएको थियो। सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षामा प्रयोग गर्ने निशानको कारले मोटरसाइकललाई ठक्‍कर दिएको हो। 

विशेष गरेर ज्ञानेन्द्र निर्मल निवासमा रहेका बेला र उनको भ्रमणका समयमा सुरक्षाका लागि सादा पोशाकमा रहने सशस्त्र प्रहरीले यो गाडीको प्रयोग गर्छन्। पूर्वराजा ज्ञानेन्द्र भने पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा बुधबार साँझ ६:५० बजेको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरिसकेका छन्। उनी केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा थिए।पूर्वमा बस्दा पूर्व राजाले शुभचिन्तक र समर्थकसँग भेटघाट तथा विभिन्न मन्दिरमा पूजापाठ गरेका थिए। 

दुर्घटनाका बेलामा कारभित्र सुट्केस, झोलालगायतका सामान थिए। गाडीका चालक सशस्त्र प्रहरीका जवान दाङ घर भएका दीपेन्द्रप्रसाद लम्सालले सुट्केस र झोलामा कपडासहित पूर्वराजाको सचिवालयको सामान रहेको जानकारी दिएका छन्। 

राजालाई विमानस्थलसम्मको स्कर्टिङको व्यवस्था गरेको इन्सपेक्टर नेत्रृत्वको सशस्त्र प्रहरीको टोली रहेको अर्को गाडी भने दुर्घटनामा परेको कार भन्दा केही अगाडि पुगिसकेको थियो।'विमानस्थलबाट दुवै गाडी सँगसँगै आएका रहेछन्,' प्रहरीका एक अनुसन्धान अघिकृतले भने, 'दुर्घटनाका बेला स्कर्टिङमा खटिएको अर्को गाडी भने कारभन्दा अलि अगाडि पुगिसकेको थियो ।'
 
पूर्वराजाको सचिवालयको सामानसहित बोकेर कार शुक्रबार काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 'पूर्वराजा जहाँगए पनि सादा पोशाकका सशस्त्रले सुरक्षाका लागि यो गाडीको प्रयोग गर्ने गरेको पाइएको छ,'नेपाल प्रहरी स्रोतले भन्यो, 'ज्ञानेन्द्रको टोलीलाई विराटनगर विमानस्थलसम्म छाडेर झापाको दमक फर्किएको कार शुक्रबार काठमाडौं लैजाने तयारी सशस्त्रले गरेको रहेछ।'
 
दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए। चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.