सर्वसाधारणको ८ करोडभन्दा बढी रकम लिएर सहकारीका संचालक फरार

सर्वसाधारणको ८ करोडभन्दा बढी रकम लिएर सहकारीका संचालक फरार

वीरगन्ज : वीरगन्जको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक बचकर्ताको करोडौं रकम लिएर फरार भएका छन्। सहकारी संस्थामा १ हजार ५ सय भन्दा बढी शेयर सदस्य छन्।उनीहरुले बचत गरेको करिब ८ करोड भन्दा बढी रकम लिएर संचालक फरार भएका हुन्। 

संचालक समितिका अध्यक्ष राजेश पटेलसहित सबै १४ जना संचालक संस्थाको कार्यालयमा ताल्चा लगाएर विगत एक हप्ता देखि फरार भएको बचकर्ताले बताएका छन्। वीरगन्ज जेसीसका पूर्वअध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका कोषाध्यक्ष समेत रहेका सहकारी संस्थाका अध्यक्ष राजेश पटेलसहित संस्थाको सञ्चालक समितिका सबै १४ जना एकहप्तादेखि सम्पर्कविहीन रहेको र उनीहरु सबैको मोबाइलको स्वीच अफ रहेको सहकारीमा रकम बचत गरेका बचतकर्ताले बताएका छन्।

सञ्चालक समितिका अध्यक्ष पटेलको मोबाइल नम्बर ९८२४२६७४०९ मा सम्पर्क गर्दा  स्वीच अफ छ।उनले आफनो फेसबुक एकाउण्ट पनि डिएक्टीभ गरेका छन्। बजारमा दैनिक रकम उठाउने प्रतिनिधिसँग पनि सम्पर्क हुन नसकेको सहकारीमा रकम बचत गरेकी बचतकर्ताले गुनासो गरेका छन्।  

'संचालक भागेको हल्ला चलेपछि बचत रकम झिक्न सहकारी संस्थाको कार्यालयमा जाँदा ताल्चा मारिएको भेटियो, वीरगन्ज ६ रेल्वेरोडका बचतकर्ता विन्देश्वरी साहले भने, 'घरमा आएर पैसा उठाउने सहकारीका कर्मचारीसँग पनि सम्पर्क हुन सकेको छैन। 

सहकारीमा ऋण झिक्न घरको लालपूर्जा जम्मा गराएकी वीरगन्ज राधेमाइकी रिना देवी मिश्राले भनिन्, '1करोड मुल्य पर्ने घरको लालपूर्जा राखेर मैले सहकारीबाट 4 लाख ऋण लिएको छु, तर मेरो घरको लालपूर्जा यो सहकारीले अर्कै बैंकमा राखेर २५ लाख लिएको रहेछ, तर कुन बैंक त्यो थाहा छैन, अब मेरो लालपूर्जा मैले कहाँबाट ल्याउने पत्तो नै छैन।' 

सहकारी बन्द गरेर संचालक फरार भएको भन्दै बचकर्ताले उजुरी दिएपछि बिहीबार स्थानीय प्रशासनले सहकारीको कार्यालयमा ताल्चा मारेर शीलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले सहकारीको कार्यालयमा ताल्चा मारेर शीलबन्दी गरेको हो।

जिल्ला प्रशासन कार्यालय पर्सामा करिब एक दर्जनभन्दा बढी बचतकर्ताले सहकारी कार्यालय बन्द गरेर संचालक फरार भएको उजुरी दिएपछि बिहीबार सहकारीको कार्यालयको मुल गेटमा ताल्चा मारेर शीलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

बिहीबार सहकारीको कार्यालयमा जाँदा मुल गेटमा दुईवटा ताल्चा मारिएको छ।उनले भने, 'स्थानीय प्रशासनले पनि मुल गेटमा थप एउटा ताल्चा मारेर शीलबन्दी गरिदिएको छ।'प्रहरीसहित कार्यालयमा पुगेको टोलीमा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित र जिल्ल प्रशासन कार्यालयका अधिकृत राम दयाल यादवको पनि सहभागीता थियो।बचतकर्ताको रकम सहकारीका संचालकको चलअचल सम्पत्तिबाट असुल गरिने शर्माले बताए।
        
 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.