प्रदेश १ का सात मन्त्रालय सहित १० कार्यालयमा दुई करोड २३ लाख ४२ हजार बेरुजु

प्रदेश १ का सात मन्त्रालय सहित १० कार्यालयमा दुई करोड २३ लाख ४२ हजार बेरुजु

विराटनगर : प्रदेश १ का ७ वटा मन्त्रालयसहित १० कार्यालयमा दुई करोड २३ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले पहिलो पटक गरेको लेखा परीक्षणले यति ठूलो रकम बेरुजु रहेको देखाएको हो । सबै भन्दा बढी प्रदेश १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयमा बेरुजु रहेको पाइएको छ । जगदिशप्रसाद कुसियत मन्त्री रहेको यस मन्त्रालयको बेरुजु १ करोड ७४ लाख २१ हजार रुपैयाँ रहेको छ ।

कार्यालयले लेखा परीक्षण प्रतिवेदन तयार पारेर शुक्रबार प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले बुझाएको छ । यो वर्ष प्रदेश १ सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय, प्रदेशसभा सचिवालय, मुख्य न्यायाधीवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रणको कार्यालयसहित १० वटा कार्यालयको लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सबै भन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयको २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयकी नायव महालेखा परीक्षक विन्दु विष्टका अनुसार प्रदेश लेखा नियन्त्रण कार्यालयमा भने बेरुजु नभएको पाइयो । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २१ लाख ९२ हजार, भूम व्यवस्था तथा सहकारी मन्त्रालयको २४ लाख ७६ हजार बेरुजु छ । सामाजिक विकास मन्त्रालयको १ लाख ७२ हजार र मुख्य न्यायाधीवक्ताको कार्यालयको ४८ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ ।

१० कार्यालयको ६५ करोड ६८ लाख ९५ हजारको लेखा परीक्षण सम्पन्न गरिएकोमा विभिन्न सैद्धान्तिक व्यहोराका अतिरिक्त दुई करोड २३ लाख ४२ हजार अर्थात ३ दशमलव ४०  प्रतिशत फर्छौट गर्नु पर्ने लगती बेरुजी देखिएको महालेखा परीक्षकको कार्यालयका निर्देशक ताराप्रसाद घिमिरेले बताए । उनका अनुसार प्रदेश सरकारका लागि १ अर्ब २ करोड ५ लाख समानीकरण अनुदान प्राप्त भएको मध्ये ६५ करोड २८ लाख ३६ हजार खर्च भई ३६ करोड ७६ लाख ६४ हजार प्रदेश सञ्चित कोषमा बाँकी रहेको छ ।

प्रदेश प्रमुख तुम्बाहाङले सुशासन स्थापित गर्न लेखा परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । महालेखा परीक्षकको कार्यालयले प्रदेशको विकास निर्माण, सेवा प्रवाह तथा राजश्व संकलनमा जवाफदेहिता र पादर्शीता प्रवद्र्धन गर्न सुझाव पनि दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.