जलाउन लागेको शव प्रहरीले घाटबाटै उठायो

जलाउन लागेको शव प्रहरीले घाटबाटै उठायो

वीरगन्ज  :  वीरगन्जको सिर्सिया घाटमा जलाउन लागेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका २३ प्रसौनीबिर्ताका पन्नालाल दासकी श्रीमती २८ वर्षीया अन्जुदेवी तत्वा दासको शव शुक्रबार प्रहरीले घाटबाटै उठाएको हो। 

बिहान ११ बजे तिर अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल र आफन्तले सिर्सियाको गैया घाट पुर्याएका थिए।  मृत्यु संकास्पद भएको भन्दै खबर पुगेपछि प्रहरी घाटमा पुगेको थियो। प्रहरी देख्नासाथ पन्नालालसहितका मलामी शव छोडेर भागेका थिए। 

अन्जु देवीका पति पन्नालाल र आफन्तले सुरुमा शव भारतमा लगेर दाहसंस्कार गर्न खोजेका थिए। त्यसका लागि उनीहरुले घरमै एम्बुलेन्स पनि मगाएका थिए। तर एम्बुलेन्स चालकले नमानेपछि उनीहरुले शव सिर्सिया घाटमा जलाउने प्रयास गरेको प्रहरीको भनाइ छ। 

प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले महिलाको कालगतिले वा अन्य कारणले मृत्यु भएको भन्ने विषय अनुसन्धान गर्नु पर्ने भएकाले शव नियन्त्रणमा लिएको बताए। 

नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै  अन्जुदेवीको मृत्यु के कारणले भएको भन्ने यकिन हुन्छ’, शर्माले भने। 

वीरगन्जको एक फर्निचर उद्योगमा काठमिस्त्रीको रुपमा काम गर्दै आएका पन्नालालले बिहीबार राति निर्घात कुटपिट गरकै कारण अन्जुदेवीको मृत्यु भएको छिमेकीको आरोप छ। 

उनले दैनिक अन्जुमाथि निर्घात कुटपिटट गर्ने गरेको वडा सदस्य लालबाबु यादवले जानकारी दिए। प्रहरीले अन्जुको शरीरका विभिन्न भागमा चोट देखिएको बताएको छ। 

पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए। पन्नालाल र अन्जुको आठ वर्षअघि बिहे भएको थियो। उनीहरुका दुई छोरी र दुई छोरा छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.