प्रहरी अधिकृतको नक्कली प्रमाणपत्र
काठमाडौं : एक प्रहरी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रमा मुद्दा दायर गरेको छ।
रुपन्देहीस्थी पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल दरबन्दी भई प्रदेश प्रहरी तालिम केन्द्र प्पोखरामा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश रेग्मीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको खुलेपछि मुद्दा दायर भएको हो।
रेग्मीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। सई रेग्मीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन यूपी भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा समेत लिएको छन् । उनीविरद्ध साविक भ्रष्टाचार निवारण ऐन अनुसार सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !