विवादमा कांग्रेसको जागरण अभियान

विवादमा कांग्रेसको जागरण अभियान

काठमाडौं : कांग्रेसले घोषणा गरेको नयाँ वर्षको सुरुवातसँगै आगामी पुससम्म सञ्चालन गर्ने जागरण अभियानबारे पार्टीभित्रै असन्तुष्टि देखिएको छ। अघिल्लो साता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर ३ चरणको देशव्यापी अभियान घोषणा गरेका थिए। यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग कुनै छलफल नै नगरी अभियान घोषणा गरेको भन्दै असन्तुष्टि जनाएपछि विवाद देखिएको हो।

सभापति शेरबहादुर देउवाले यति ठूलो निर्णयमा समेत दलभित्र गुट छुट्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। ‘यति ठूलो अभियानबारे प्रवक्ता विश्वप्रकाशले एकचोटी सामान्य जानकारी गराएका थिए’, वरिष्ठ नेता पौडेलले भने, ‘यसबारे सरसल्लाह र छलफल गरेको भए राम्रै हुन्थ्यो।’

पौडेलले सभापति देउवामाथि एकपक्षीय तवरबाट जागरण अभियान घोषणा गरेको र केन्द्रीय सदस्यहरूलाई एक महिना आफूखुसी जिल्लामा खटाएकाले अभियान कति प्रभावकारी हुन्छ प्रश्न समेत उठाएका छन्। जिल्ला दौडाहा क्रममा आइतबार भैरहवामा रहेका उनले केन्द्रीय प्रतिनिधिहरू फर्केपछि मात्र यसको समीक्षा गर्न सकिने बताए। ‘कुनै सरसल्लाह भए पो यसरी जानुस् वा यसरी गर्नुस् भन्न सकिन्थ्यो’, उनले भने, ‘अब पहिलो चरणपछि मात्र केही भन्न सकिन्छ। अहिले जसले जे गर्छन् त्यसलाई हेर्ने हो।’

डेढ वर्षअघिको आमचुनावमा कांग्रेसको लज्जास्पद पराजयपछि वरिष्ठ नेता पौडेलसहित सभापतिइतर नेताले जागरण अभियान थाल्न माग गरेका थिए। चुनावलगत्तै पार्टीमा सभापति देउवा र विरोधी पक्षबीच ध्रुवीकरण बढ्दै गयो। पछिल्लो समय कार्यसम्पादन समितिदेखि पार्टीका विभाग गठनसम्म सभापति र विरोधी खेमाबीच तीव्र मतभेद देखिएको छ। केन्द्रीय नेताबीचको मतभेदले केन्द्रीय समिति बैठकसमेत प्रभावित भइरहँदा सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग सल्लाह नगरी जागरण अभियान घोषणा मात्र गरेनन्, उनले ७७ जिल्लामा केन्द्रीय सदस्यसमेत खटाए।

सभापति, वरिष्ठ नेता पौडेलसहित पदाधिकारी बाहेक केन्द्रीय सदस्यलाई कांग्रेसले यतिबेला एकमहिने जागरण अभियानको समन्वय गर्न जिल्लामा खटाएको छ। वैशाख ११ मा सुरु हुने अभियान स्थानीय तहसम्म हुने र केन्द्रीय प्रतिनिधिसमेत स्थानीय तहसम्मै पुगेर समन्वय गर्ने जनाइएको छ। वैशाख ११ मा सुरु हुने पहिलो चरणको अभियान जेठ ११ मा सकिने छ।

दोस्रो चरणको अभियान भदौ २४ मा सुरु भएर ७ असोजसम्म चल्नेछ। ७ पुसमा सुरु भएर तेस्रो चरणको जागरण अभियान १६ पुसमा सकिने छ। गत वर्ष वैशाखमा चुनावको समीक्षा गर्न बसेको केन्द्रीय समिति बैठकले समेत जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.