प्रहरीका सुब्बा १० हजार घुससहित पक्राउ
काठमाडौं : प्रहरी कितावखाना लैनचौर काठमाडौंमा कार्यरत कम्प्युटर अपेटर (नायव सुब्बा) सुरज के.सी घुससहित पक्राउ परेका छन्।
अख्तियारको टोलीले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा केसीलाई पक्राउ गरेको हो।
उनले सेवाग्राहीसँग १० हजार घुस लिएका थिए। घुससहित पक्राउ भएका सुब्बा केसीमार्थी अनुसन्धान कार्य भइरहेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !