मानव तस्करीको अर्को केन्द्र बन्दै भारतको मिजोराम

मानव तस्करीको अर्को केन्द्र बन्दै भारतको मिजोराम

काठमाडौं : भारतको मिजोराम प्रान्तको चाम्फाई जिल्ला मानव बेचबिखनका लागि अर्को प्रस्थान विन्दुको रुपमा देखा परेको छ। भारतको मनिपुरबाट १ सय ७९ जना नेपाली महिलाको उद्धार गरेको केही महिना पनि नबित्दै मानव तस्करहरु पुन: सल्बलाएका छन्।मिजोराम प्रान्तको चम्फाई जिल्ला भारत र म्यानमार बीचको सीमानामा अवस्थित छ। यो नाका भर्खरै मात्र सञ्चालनमा आएको थियो। 

भारतीय अधिकारीका अनुसार सो नाका सञ्चालन भएपछि १ सय ९० जना नेपाली चेलीलाई अनधिकृत रुपमा दलालले म्यानमार प्रवेश गराइसकेका छन्।यसमध्ये ७० जना नेपाली महिलालाई भारतीय प्रहरीको सक्रियतामा उद्धार गरिएको छ र उनीहरु स्वदेश फर्किने क्रममा रहेका माइती नेपालले जानकारी दिएको छ।
 

भारतको मनिपुरबाट म्यानमार हुँदै नेपाली चेलीहरु तस्करी गर्ने कामलाई भारतीय प्रहरी र नेपाली सरकारी तथा गैर सरकारी निकायले निगरानी बढाएपछि दलाल बैकल्पिक रुटको खोजिमा थिए। यही क्रममा मिजोराम प्रान्तको चम्फाई नाका खुलेपछि उनीहरुले यसको दुरुपयोग गरेका हुन्। 

भारतबाट यसरी एक पछि अर्को नाका हुँदै म्यानमारकै बाटो प्रयोग गरी नेपाली नागरिकको तस्करी हुनु निकै चिन्ताको विषय रहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए।

नेपाल सरकारले यस प्रकारको निकृष्ट अपराधविरुद्ध ठोष कदम चाली यस अपराधमा सम्लग्न अपराधीलाई कानुनी दायरामा ल्याइ पीडितको हक र अधिकार प्रत्याभूत गराउनुपर्नेमा संस्थाले माग गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.