भारतीयसहित दुईविरुद्ध ४६ लाखको सम्पत्ति शुद्धिकरण मुद्दा
काठमाडौं : सम्पत्ति शुद्धिकरणा अनुसन्धान विभागले एक भारतीयसहित २ दुईविरुद्ध साढे ४६ लाख विगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुल्मीको चन्द्रकोट ५ का घर भई हाल रुपन्देहीको सैनामैना-४ मुर्गियाका चन्द्रकान्त पौडेल र भारतीय नागरिक सोमई धवलविरुद्ध मुद्दा दायर गरिएको हो।
पौडेलले गैरकानुनी स्रोतबाट रकम प्राप्त गरी लुकाउन र छल्न धवलसमेत मिलोमतो पाइएको छ। भारतीय भूमिबाट नेपालतर्फ आउने क्रममा गैरकानुनी स्रोतको रकम लुकाउन, छिपाउन वा बदल्ने कार्यमा दुवैको संलग्नता देखिएको विभागले जनाएको छ।
प्रहरीले पौडेलका साथबाट ४१ लाख ८५ हजार र भारतीय रुपैयाँ २ लाख ८७ हजार १ सय (४ लाख ५९ हजार ३६०) बरामद गरिएको थियो। रुपन्देही प्रहरीले यो रकम बराम गरेको थियो।
प्रहरीबाट आएको सूचनाको आधारमा विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरुविरुद्ध जाँचबुझ एवम् अनुसन्धान गरेको हो।
भारती भूमिबाट नेपालतर्फ आउने क्रममा गैरकानुनी स्रोतको रकम लुकाउने, छिपाउने वा बदल्ने कार्यमा उनीहरुको संलग्नता रहेको विभागको आरोप पत्रमा उल्लेख छ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम सजायको माग दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !