नाति बाउ, सेवा गर्न सम्पत्ति चाहिन्न
ठूलाबडाले सुनाउने गर्थे— आज एक, भोलि दुई, पर्सि चार गर्दै एवं रीतले ३० दिनसम्म दोब्बर गर्दा एक करोड सात लाख पुग्छ। कसरी हुन्छ त्यस्तो ? उनी हिसाब निकाल्थे। ठ्याक्कै मिल्थ्यो। दंग पर्थे।
स्कुल पढ्दा सुनेको यो कुराले उनलाई पछिसम्म गहिरो छाप पार्यो। नियमित बचत गरेर वा धेरै मानिसबाट थोरै थोरै पैसा संकलन गरेर ठूलो काम गर्ने कि भन्ने कुरा उनको मस्तिष्कमा खेलिरहन्थ्यो। दिमागमा रहेको यही सोचबाट जन्मियो— एक रुपैयाँबाट एक करोड अभियान।
धरानबाट ३५ किलोमिटर उत्तर र धनकुटाबाट १७ किलोमिटर दक्षिणमा तमोर नदीको तिरमा मूलघाट पर्छ। मूलघाटमा रहेको वि श्रान्ति मन्दिर तथा वृद्धा श्रममा हाल ४५ जना ज्येष्ठ नागरिक आ िश्रत छन्। केही वर्षअघि आर्थिक अभावका कारण यहाँ बस्ने वृद्धवृद्धाको भरणपोषणमा समस्या आयो। संस्थाका महासचिव धनकुटा–७ का जनार्दन घिमिरेले ‘आइडिया’ लगाए।
चरम आर्थिक संकटबाट गुज्रिएको आ श्रमको अक्षय कोषमा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ ११ पैसा संकलन भयो। घिमिरेको परिकल्पना ‘एक रुपैयाँबाट एक करोड’ अभियान नेपालको मौलिक ‘क्राउड फन्डिङ’ हो भन्दा फरक पर्दैन। २०७२ सालमा अभियान पूरा भएको घोषणा गरियो।
यसरी हुन्छ दोब्बर
करोड अभियानको रकमलाई काबेली विकास बैंकको ६ वर्षमा दोब्बर हुने गरी ‘डबल प्लान’मा राखिएको जनार्दन बताउँछन्। अर्थात् अबको तीन वर्षमा यो दोब्बर हुने छ। अभियान पूरा भएको चार वर्ष पुगिसक्दा पनि दाताले पैसा दिन छाडेका छैनन्। ‘अक्षय कोषको साँवा रकम खर्च हुँदैन’, उनले भने, ‘यसको ब्याजबाट आ श्रममा आ िश्रत ज्येष्ठ नागरिकको गाँस, बास र कपासको व्यवस्था गर्न सकिने छ।’ ‘डबल प्लान’मा राखिएको पैसा दोब्बर हुने उनको भनाइ छ। २०६६ सालबाट सुरु भएको ‘करोड अभियान’ पाँच वर्षको थियो। तर सबैको सहयोग मिलेपछि साढे चार वर्षमै सम्पन्न भएको उनी सुनाउँछन्।
एक जना व्यक्तिले दैनिक एक रुपैयाँ पाँच वर्षसम्म प्रदान गर्दा १८ सय २५ रुपैयाँ हुन्छ। यस्ता दाता पाँच हजार पाँच सय जना हुँदा कुल रकम एक करोड ३७ हजार पाँच सय हुन्छ।
२०२५ सालपहिले धनकुटा मूलघाटमा बाबुआमाको भोजनालय सहितको व्यवसाय थियो। आमा तुलसा गहना किन्न भनेर थोरैथोरै पैसा बचाउँथिन्। सात सय रुपैयाँ जम्मा भएपछि बाबु हरिप्रसादले पत्नीलाई फकाएर उक्त पैसाबाट जग्गा किने— गहना पछि किन्दिने वाचा गरेर।
केही समयमा आमा बितिन्। गहना लगाउने श्रीमतीको सपना पूरा गर्न बाबुले सकेनन्। बैरागिएका उनी धनकुटा–७ श्रीवानी बसाइँ सरे। २०३९ सालमा मूलघाटमा मन्दिर र दाहसंस्कार व्यवस्थापनका लागि जग्गाको खोजी हुँदा बाबुले श्रीमतीकै सम्झनामा बगंैचासहितको २० रोपनी जग्गा दान गरे। यही स्थानमा वृद्धग्रामसहित वि श्रान्ति धाम सञ्चालनमा छ। आ श्रमका एकजना संस्थापक घिमिरेका बाबुको २०४८ सालमा निधन भएपछि सबै जिम्मा आइपर्यो। सुरुका संस्थापकहरू सक्रिय हुन्जेल राम्रो अवस्थामा रहेको आ श्रमको अवस्था पछि बिग्रँदै गयो।
बेलको सर्वत
वि श्रान्तिलाई कसरी आत्मनिर्भर बनाउने भन्ने चिन्तन गर्ने क्रममा उनको दिमागमा अर्को आइडिया फुर्यो— बेलहरा वनमा खेर गएको बेलबाट सर्वत उत्पादन गर्ने। केही समयमा काम थाले। बेलको सर्वत राष्ट्रियस्तरमा भएका औद्योगिक प्रदर्शनमा पनि उत्कृष्ट पेय पदार्थका रूपमा पुरस्कृत भयो।
तर सर्वत बिक्रीको आम्दानीले मात्र आ श्रमको खर्च धान्न सकेन। भरणपोषण र व्यवस्थापनमा खर्च बढी थियो। आ िश्रतको संख्या बढ्दै थियो भने महँगी पनि। अवस्था कस्तोसम्म आयो भने उनी धनकुटाका मरिमराउ भएका घरको एघारौं दिनको सुध्याइँ गरेर फाल्ने चामलसमेत उठाउने गर्थे। त्यसपछि नै हो, उनको दिमागमा करोडको योजना बनेको। धेरै मानिसको सहभागिता र थोरै पैसाको सहयोगले कसरी दिगो कोष बनाउन सकिन्छ ? भन्नेमै उनको ध्यान हुन्थ्यो।
अभियान गरिछाड्ने निश्चय गरेर उनी समूह बनाएर लागे। ब्यानरसहित घरदैलो कार्यक्रम, अन्तरक्रियासहित भेडेटार÷धनकुटा बजारका होटलमा खुत्रुके वितरण कार्यक्रम भयो। ब्रुसियर छाप्न पैसा थिएन। तत्कालीन निमित्त क्षेत्रीय प्रशासक नरेन्द्र दाहाल र निमित्त प्रजिअ प्रकाशप्रसाद पोखरेलसँगको भेटमा उनले सीधै भने— कि यो वृद्धा श्रम जिम्मा लिनुस् कि ब्रुसियर छाप्न पैसा दिनुस्। तत्काल दाहालले पाँच हजार र पोखरेलले दुई हजार एक सय रुपैयाँ प्रदान गरे। अपुग पैसा काबेली विकास बैंक धनकुटाले सौजन्य गरिदियो। ६४ विद्यालयमा विद्यार्थी र शिक्षकलाई ब्रुसियर वितरण गरियो। हरेक पत्रिकाभित्र ब्रुसियर राखेर प्रचार गरियो।
‘हामीले माग्यौं एक रुपैयाँ, दिए लाखौं रुपैयाँ’, उनी भन्छन्, ‘अहिले आ श्रममा खानपिउन कुनै समस्या छैन।’ संखुवासभाको चैनपुरका कृष्णगोपाल श्रेष्ठ वार्षिक २५ क्विन्टल चामल सहयोग गर्छन्। अरू दाताहरू पनि प्रशस्त आउँछन्।
‘जनार्दन बौलायो’
अभियान चलिरहेको थियो। धनकुटा–७ का पुण्यप्रसाद गुरागाईंको घरमा सात÷आठ जना भेला भएका थिए। कोही भनिरहेछ, ‘जनार्दन बौलाएछ। एक एक रुपैयाँ उठाएर कहिले करोड पुर्याउँछ ? ’
यस्ता तीतामीठा अनुभूति उनीसँग कति छन् कति। एकपटक हङ्कङ निवासी धरानका योगेद्र याक्सो सहयोग गर्न भनी आइपुगे। तर वृद्धको बिस्तारामुनि उडुस भेटिएपछि खुब गाली गरे। बेकार सहयोग गरेछु भन्दै उनी हिँडेका सुनाउँछन्।
एक पटक धरान जाने क्रममा एक महिला भेटिइन्। उनी गाडीमा यात्रुहरूसँग पनि अभियानबारे बताइरहेका थिए। पछाडि सिटमा बसेकी ती महिलाले भनिन्, ‘के को एक रुपैयाँ ? मेरो घरका तीन कोठा भाडामा लागेका छन्। हरेकको महिनामा पाँच सय आउँछ। महिनामा तीस पन्चे डेढ सय रुपैयाँ दिन सक्दिनँ र ? ’ ती महिलाको कुरा सुनेपछि साँच्चै करोड पुग्छ कि क्या हो भन्ने आफूलाई लागेको उनी सुनाउँछन्। ‘देशका सबै ठाउँबाट सहयोग उपलब्ध भयो’, उनी भन्छन्। धनकुटा, झापा, मोरङ, सुनसरी, तेह्रथुमबाट बढी सहयोग उठ्यो। सबै दाताको नाम÷ठेगाना शिलालेखमा राखिएको छ।
सूत्रको प्रयोग
नेपालकै ‘नमुना अभियान’ घोषणा गरी समाज कल्याण परिषद्ले परिकल्पनाकार घिमिरेलाई २०७१ सालमा ‘समाजसेवा पुरस्कार’बाट सम्मान गर्यो। एकबाट एक करोड ‘फर्मुला’ अपनाएर अहिले देशमा विभिन्न काम भएका छन्। पाँचथर, देवघाट, चतराधामसहित एक दर्जन ठाउँमा यही सूत्र अपनाएर वृद्धा श्रम, बालआ श्रम र विद्यालय बनेका छन्।
वि श्रान्ति मन्दिर परिसरभित्रै ‘पितृ स्तम्भ पार्क’ निर्माण हुँदै छ। यहाँ दाहसंस्कार गरिएका पितृको नाममा दैनिक तर्पण दिने र सोह्र श्राद्धमा अखण्ड प्रसाद वितरण गर्ने योजना उनले बनाएका हुन्। भन्छन्, ‘यो कार्य सायद विश्वमा पहिलो हुनुपर्छ।’
आफन्तजन र शुभचिन्तकले उल्टो बाटो हिँडिस् पनि भने। तर उनलाई जीवनप्रति कुनै गुनासो छैन। ‘सम्पत्ति कमाउनु पर्छ भन्ने कहिल्यै लागेन। परोपकारमा लाग्दा अपुगचाहिँ हुँदो रहेछ’, उनी भन्छन्, ‘एक÷दुई घण्टा हराएँ भने परिवारले वि श्रान्ति गयो भन्ठान्छन्।’ आमाको अनुहार देख्न नपाएका उनी आ श्रममा अरू आमाहरू देख्दा आफ्नै आमा प्रतिविम्बित भएझैं ठान्छन्। धनकुटा बजारमा रहेको घरको एउटा कोठा उनले २०६८ देखि वि श्रान्तिको सम्पर्क कार्यालयका लागि निःशुल्क उपलब्ध गराएका छन्।
‘वृद्धग्राम’को परिकल्पना
जनार्दन केही वर्षदेखि मूलघाट आसपासका क्षेत्रमा वृद्धवृद्धै भएको गाउँ ‘वृद्धग्राम’को परिकल्पना गरिरहेका छन्। ‘वृद्धग्राममा बस्ने वृद्धवृद्धाको खानपान, रहनसहन, काम गर्ने शैली सबै एकै खालको हुने छ’, उनको कल्पना छ, ‘सादा खाना हुने छ। सबै गेरु वस्त्रधारी हुने छन्। भजनकीर्तन गर्ने छन्।’
मूलघाट क्षेत्रमा वृद्धग्राम बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। पूर्वपश्चिम भएर बग्ने तमोर नदीको गढतिर वि श्रान्ति अवस्थित छ। वृद्धग्राम बनाउन यो ठाउँ उपयुक्त रहेको उनी सुनाउँछन्। पाको उमेरका लागि चाहिने समशीतोष्ण प्रकारको हावापानी यहाँ छ।
करिब डेढ किलोमिटर फरकमा झोलुङे पुल र सडक मार्गको पुल छ। यी दुई पुलको किनारी भागमा डेढ किलोमिटर जति पर्खाल उठाएर सयांै कुटी निर्माण गर्न सकिने उनी बताउँछन्। हरेक कुटीबाट सन्ध्या आरती गर्न सकिने, नदीको पानीलाई विभिन्न फोहोरा बनाई रात्रिकालीन मनोरम दृश्य बनाउन सकिने उनी सुनाउँछन्। सुनसरी, मोरङ, झापा, धनकुटाबाट दैनिक आरती सञ्चालन तथा नदी फोहोरा हेर्न मानिसहरू आउने उनको विश्वास छ।